संसारकै सबैभन्दा शक्तिशाली बन्ने ठानिएको रकेटको इन्जिनको परीक्षण रद्द



अमेरिकी वैज्ञानिक संस्था नासाको नयाँ ’मेगारकेट’ द स्पेस लन्च सिस्टम एसएलएसको महत्त्वपूर्ण इन्जिन परीक्षण रद्द गरिएको छ । परीक्षणमा चारै वटा इन्जिन चलाइएको थियो तर करिब १ मिनेटभन्दा केही बढी समयपछि नै बन्द गरिएका थिए । रकेटलाई अन्तरिक्षको कक्षमा पुर्याउनका लागि ती इन्जिन आठ मिनेटसम्म चल्नुपर्ने थियो ।

एसएलएस नासाको आर्टेमीस कार्यक्रमको हिस्सा हो जसले अमेरिकालाई यो दशकमा पुनः चन्द्रमाको सतहमा पुर्याउने लक्ष्य लिएको छ । एसएलएसको महत्वपूर्ण परीक्षण मीसीसीपीस्थित स्टेनीस स्पेस सेन्टरमा गरिएको थियो । यो वर्षको अन्त्यतिर यसले आफ्नो पहिलो उडान भर्दा यो अन्तरिक्षका लागि पृथ्वीबाट उड्ने सबैभन्दा शक्तिशाली रकेट बन्ने बताइएको छ ।

परीक्षण टोलीले इन्जिनमा भएको कमी पत्ता लगाउन तथ्याङ्क अध्ययन गरिरहेका छन् । चारै वटा आरएस(२५ इन्जिन पहिलो पटक एकसाथ चलाइएको थियो जसलाई ’हट फाएर’ परीक्षण भनिन्छ । उक्त परीक्षणका लागि रकेटलाई बी-टु टेस्ट स्टयान्ड भनिने स्टिलको विशाल संरचनामा राखिएको थियो ।

ग्रिन रन भनिने मूल्याङ्कन कार्यक्रम अन्तर्गतको यो आठौँ र अन्तिम परीक्षण थियो । उक्त कार्यक्रम नासा र अमेरिकी विमान निर्माता बोइङका इन्जीनियरहरूले सञ्चालन गरिरहेका हुन् । नासाको पूर्वप्रशासक जीम ब्रीडेन्सटाइनले शनिवारको कार्यक्रम विफल नभएको बताउँदै भनेः ‘त्यसै कारण परीक्षण गरिन्छ।

अमेरिकी अन्तरिक्ष यात्रीहरूलाई अमेरिकी रकेटमा राख्नु अघि यो पूर्ण रूपमा सक्षम हुन आवश्यक रहन्छ।’ हट फाएर पुनः गर्ने वा फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरमा रकेट पुर्याएर आर्टेमीस-१ भनिने मानवरहित पहिलो उडान परीक्षण गर्नेमा अधिकारीहरू अझै निर्णयमा पुगेका छैनन् । ‘के कुरामा समस्या भएको हो र यसलाई ठिक गर्न कत्तिको गाह्रो हुन्छ भन्ने कुरामा यो भर पर्छ,’ उनले भने ।

यो वर्षमै रकेटको उडान सम्भव होला भन्ने प्रश्नमा उनले भने, ‘यो अहिले नै भन्नु चाँडो हुन्छ जस्तो मलाई लाग्छ। के कुरा गलत भएको हो भन्ने कुराले भविष्यमा के हुन्छ भन्ने कुराबारे थाहा दिने छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र इरान युद्धविरामका लागि सहमत

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम कार्यान्वयनमा आएको बताएका

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहारबाट कुनै क्षति नभएको पुष्टि

दोहा । इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ

सिरियाली चर्चमा भएको आक्रमणमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने

दमास्कस । सिरियाका कार्यवाहक राष्ट्रपति अहमद अल–शराआले राजधानी दमास्कसमा रहेको एक चर्चमा भएको

इजरायलसँग युद्धविरामबारे सहमति नभएको इरानको भनाई

बीबीसी । इजरायलसँग युद्धविरामबारे सहमति भएको अस्वीकार गर्दै इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको