चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर निर्माण



चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरिएको छ । हेबेइ प्रान्तका स्थानीय अधिकारीहरुले यसको जानकारी दिएका हुन् ।

एउटा नयाँ बन्न लागेको कारखानाको जमिन प्रयोग गरेर सोही जमिनमा ती आइसोलेसन सेन्टरहरु निर्माण गरिएका बताइएको छ । चीनमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु देखिन थालेकोले यसका लागि ती स्थानहरुमा आइसोलेसन सेन्टर बनाउने काम थालिएको हो । चीनको नाङगोङ सहरमा यो सेन्टर बनाउन थालिएको छ ।

उक्त प्रान्तका अधिकारीहरुले छ हजार ५०० वटा कोठा बनाउने योजना रहेको बताएका छन् । ती मध्येका १ हजार ५०० वटा कोठा गएको पाँच दिनमा नै निर्माण गरि सकिएको त्यहाँका स्थानीय अधिकारीहरुले जानकारी गराएका छन् । आइसोलेसेन सेन्टरका रुपमा प्रयोग गर्ने भनिएका ती कोठाहरु प्रत्येकको क्षेत्र १८ स्क्वायर मिटर रहेको बताइएको छ ।

ती सबै कोठाहरुमा सौचालय र बाथरुम, हिटर, बेड तथा टप बाथ समेत रहेका ती अधिकारीले जानकारी गराए । उनका अनुसार सो क्षेत्रमा नै वाइफाइको पनि व्यवस्था गरिएको छ । हेबेइ प्रान्तको सिनजियाङभन्दा केही पर रहेको नाङगोङ सहरमा पछिल्ला केही दिनयता कोरोना भाइरसका सङ्क्रमितहरु भेटिएकोले उनीहरुको व्यवस्थापनका लागि यी आइसोलेसन सेन्टरहरु निर्माण गरिएका बताइएको छ ।

केही दिनयतादेखि चीनका कतिपय सहरहरुमा कोरोना भाइरसका सङ्क्रमितहरु भेटिएका समाचारहरु आइरहेका बताइएको छ । सोही कारणले ती सहरका विभिन्न स्थानमा चीनका स्थानीय अधिकारीहरुले यस्ता आइसोलेसन सेन्टरहरु बनाउन थालेका पनि समाचारमा जनाइएको छ ।

चीनको नाङगोङ सहरमा ती आइसोलेसन सेन्टर निर्माणका लागि स्थानीय एक आयोजनाका इन्जिनियर छु पेचिङले नेतृत्व गरेका छन् । उनले आफूले दुई सिफ्टमा गरी ३०० जना कामदारलाई लगाएर पाँच दिनको बीचमा १ हजार ५०० वटा आइसोलेसन कोठाहरु निर्माण गरेको जानकारी गराए । उनले सो क्षेत्रमा मात्र ६ हजार ५०० वटा यस्तै कोठा बनाइने योजना रहेकोले अहिलेकै गतिमा सो कार्य पनि सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच शिशुको हत्या गरेको आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावास

ब्युनस आयर्स । अर्जेन्टिनाको एक अस्पतालमा पाँच शिशुको हत्या र आठ अन्यको हत्या

स्पेसएक्स स्टारसिप ‘नियमित’ परीक्षणका क्रममा विस्फोट

ह्युस्टन (अमेरिका)। टेक अर्बपति एलन मस्कको स्पेसएक्स स्टारसिप टेक्सासमा बुधबार राति नियमित परीक्षणका

इजरायल र इरानबाट आफ्ना नागरिकहरूको निकासीमा सरकारहरूको हतारो

हङकङ । विश्वभरका सरकारहरूले द्रुत गतिमा बढिरहेको इजरायल–इरान द्वन्द्वमा फसेका आफ्ना हजारौँ नागरिकलाई

म्यान्माकी नेतृ आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन

याङ्गुन । म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८०औँ जन्मदिन