युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित



राष्ट्रपति योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा पुनः निर्वाचित भएको निर्वाचन आयोगले शनिबार घोषणा गरेको छ । आयोगका अध्यक्ष तथा न्यायाधीश साइमन ब्याबाकामाले जनवरी १४ मा सम्पन्न निर्वाचन परिणाम अनुसार मुसेभेनीले खसेको कूल मतसङ्ख्याको ५८.६४ प्रतिशत मत प्राप्त गरेको शनिबार निर्वाचन परिणाम सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा औपचारिक घोषणा गरे ।

नयाँ कार्यकालका लागि निर्वाचित वर्तमान् राष्ट्रपति मुसेभेनीको निकटतम प्रतिद्वन्द्वी बोबी वाइन भनिने रोबर्ट क्यागुल्यानीले ३४.८३ प्रतिशत मत पाएका थिए ।

राष्ट्रपतिमा तेस्रो स्थानमा प्रजातान्त्रिक परिवर्तन पार्टीका नेता तथा विपक्षी नेता प्याट्रिक अमुरियटले जम्मा ३.२४ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

सन् १९८६ देखि युगाण्डाको सत्तामा रहँदैआएका म्यूसेभेनीको जीतले उनको शासनलाई अर्को पाँच बर्षका लागि वैधानिकता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतको छत्तिसगढमा १३ जना तेस्रो लिङ्गी व्यक्ति प्रहरीमा भर्ना

भारतको छत्तिसगढ राज्य सरकारले १३ जना तेस्रो लिङ्गीहरूलाई राज्य प्रहरीमा भर्ना गरेको छ

अमेरिकालाई नयाँ प्रविधिको हतियार विकास गर्न सुझाव

अमेरिका र उसका मित्र राष्ट्रहरूले आर्टिफिसियल इन्टेलिजेन्स वा कृत्रिम बुद्धिमत्तायुक्त स्वचालित हतियार निर्माणमाथि

भ्रष्टाचारको अभियोगमा फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई तीन वर्षको जेल सजाय

फ्रान्सका पूर्वराष्ट्रपति निकोला सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्ष जेल सजाय सुनाइएको छ ।

नाइजेरियामा बन्दुकधारी समूहद्वारा सात गाउँलेको हत्या

अफ्रिकी मुलुक नाइजेरियाको उत्तरी राज्य कडुनाको गाउँमा बन्दुकधारीले आक्रमण गरी सात जना गाउँलेको