अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून हुँदै



अफगानिस्तान र इराक दुबै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई यही जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ । दुबै मुलुकमा अमेरिकी नेतृत्वमा परिचालित सेनाको सङ्ख्यामा करिब दुई दशकपछि यति धेरै कमी आएको अमेरिकी रक्षा मन्त्रालयले बताएको हो ।

अमेरिकी राष्ट्रपतिबाट आफ्नो कार्यकाल पूरा गरी विदा हुँदै गरेका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले सन् २००० को सेप्टेम्बर ११ मा अमेरिकी भूभागमा भएका आतङ्ककारी आक्रमणपछि ती दुबै एशियाली मुलुकमा अमेरिकी सेना पठाएको थियो । तर यो सङ्ख्या अफगानिस्तान र इराक दुबै मुलुकमा दुई दशककै सबैभन्दा न्यून सैनिक सङ्ख्या हो ।

अफगानिस्तानमा तालिवान विद्रोहीसँग शान्तिका लागि सम्झौता भइसकेको भन्दै सेनालाई घटाएको हो भने इराकमा पनि स्थिति सामान्य रहेको अमेरिकी राजनीतिक नेतृत्वको ठहरपछि सैनिक सङ्ख्या घटाइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शृङ्खलाबद्ध विस्फोटमा परी इक्वटोरीअल गिनीमा कम्तीमा १५ जनाको मृत्यु

पश्चिम अफ्रिकी देश इक्वटोरीअल गिनीमा भएका शृङ्खलाबद्ध विस्फोटनहरूमा परी कम्तीमा १५ जनाको ज्यान

मेगनले भनिन् -बेलायती राजपरिवार भित्रको रंगभेदले म आत्महत्या गर्ने अवस्थामा पुगेकी थिएँ

डचिस अफ ससिक्स मेगन मार्कलले ब्रिटिश राजपरिवारभित्रको जीवन आफ्ना लागि धेरै नै कठिन

म्यान्मारमा सैनिक शासनविरुद्धको आन्दोलनमा एक नेपालीभाषी बर्मेलीको मृत्यु

म्यान्मारमा सैनिक शासनविरुद्ध जारी आन्दोलनमा सहभागी एक नेपालीभाषी बर्मेलीको मृत्यु भएको प्रदर्शनकारीहरूले बताएका

९० करोड टनभन्दा धेरै खाद्यपदार्थ प्रत्येक वर्ष भान्साबाट खेर जान्छ

विश्वव्यापी एउटा प्रतिवेदन अनुसार प्रत्येक वर्ष ९० करोड टन खाद्यान्न फ्याँकिने गरिएको छ