भारतमा सरकार र किसानबीचको नवौँ वार्ता पनि अनिर्णित



भारतमा लामो समयदेखि आन्दोलनरत किसानसँग सरकारी प्रतिनिधिहरूले गरेको वार्ता शुक्रबार पनि अनिर्णित भएको छ । कृषिसम्वन्धी तीन नयाँ कानुन खारेज गर्न माग गर्दै आन्दोलन गरिरहेका किसानका प्रतिनिधिसँग शुक्रबार केन्द्रीय सरकारका तीन मन्त्रीले वार्ता गरेका थिए । सरकारी प्रतिनिधि र किसानका प्रतिनिधिबीच शुक्रबारसम्म नवाँै पटक वार्ता भएपनि सहमति हुन नसकेको हो ।

शुक्रबारको वार्तामा पनि सहमति नभएपछि यही जनवरी १९ मा फेरि वार्ता गर्ने तय भएको जनाइएको छ । किसानहरुको माग प्रति सरकारी पक्ष धेरै नै लचक हुदाँ पनि किसानका प्रतिनिधि सहमतिमा नआएको सरकारी पक्षको भनाइ छ ।

आन्दोलनरत किसानका नेता जोगिन्दर सिंह उर्गाहनले भने तीन ओटै कानुन खारेज गर्न आफुहरुले माग गरेपछि सरकारी पक्ष तयार नभएकाले सहमति नभएको बताए । भारतमा कृषिसम्वन्धी तीन कानुनप्रति असन्तुष्टि जनाउँदै देशका विभिन्न ठाउँका साथै केन्द्रीय राजधानी नयाँ दिल्लीसमेतमा किसानहरुले बृहत प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न

युद्धविरामको लागि बन्धक रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका