उत्तर कोरियाद्वारा नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक



उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ । सरकारी सञ्चारमाध्यमले त्यसलाई संसारकै सबैभन्दा शक्तिशाली अस्त्र भनेर वर्णन गरेका छन् ।

सरकारी सञ्चारमाध्यमका अनुसार प्योङ्गयाङमा सैनिक परेडका क्रममा थुप्रै क्षेप्यास्त्रहरू प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जङ्ग उनले अवलोकन गरेका थिए।

त्यसअघि एउटा विरल राजनीतिक बैठकमा नेता किमले संयुक्त राज्य अमेरिका उत्तर कोरियाको अग्रणी शत्रु भएको बताएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनको शपथ कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामथ्र्य प्रदर्शन गरेको छ । सैनिक परेड अवलोकन गरेका किमले मुस्कुराउँदै अभिवादन गरिरहेको तस्वीर सार्वजनिक भएको छ ।

ठूलो आकारका कालो-सेतो रङ्गका चारवटा क्षेप्यास्त्र प्रदर्शन गरिएको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीरमा देखिन्छ । विश्लेषकहरूले यसअघि उत्तर कोरिया नदेखिएका अस्त्रहरू देखिएको बताएका छन् । सार्वजनिक गरिएको क्षेप्यास्त्रको कोरियाली नाम उल्लेख गर्दै उत्तर कोरियासम्बन्धी विज्ञ अङ्कित पाण्डाले नयाँ वर्ष, नयाँ पकगकसङ्ग भन्दै ट्वीट गरेका छन् ।

कोरियन सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ, ‘विश्वकै सबैभन्दा शक्तिशाली अस्त्र पनडुब्बीबाट प्रहार गरिने बलिस्टिक क्षेप्यास्त्र क्रान्तिकारी सशस्त्र फौजहरूको शक्ति प्रदर्शन गर्दै एकपछि अर्को गरी स्क्वायरमा प्रवेशमा गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही