बेल्जियमको राजधानी ब्रसेल्समा हिंसात्मक प्रदर्शन, राजाको गाडीमा प्रहार



प्रहरी हिरासतमा एक २३ वर्षीय युवकको मृत्यु भएको घटनाको विरोधमा बेल्जियमको राजधानी ब्रसल्समा सयौँ मानिसहरूले बुधवार राति हिंसात्मक प्रदर्शन गरेका छन् । हुलदङ्गा भएको स्थानमा खिचिएको भिडिओमा राजा फिलिपको गाडीमा झटारो प्रहार भएको देखिन्छ । आक्रमण हुँदा उक्त गाडी ब्रसल्सबाट राजदरबारतिर फर्किरहेको थियो ।

प्रदर्शनकारीहरूले एउटा प्रहरी कार्यालयमा आगो लगाइदिएको बताइएको छ। उनीहरूले सडकमा तोडफोड पनि गरेका थिए । प्रहरी प्रवक्ताले समाचारसंस्था एएफपीलाई बताएअनुसार घटनामा चार प्रहरी घाइते भएका छन् भने केही मानिसलाई पक्राउ गरिएको छ । गत शनिवार प्रहरीले पक्राउ गरेका एक युवकको हिरासतमै मृत्यु भएपछि मानिसहरू आक्रोशित भएका हुन् । प्रहरीका अनुसार बुधवार ब्रसल्स(नोर्थ प्रहरी कार्यालयनजिकै झन्डै ५०० मानिस भेला भएका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरी हिरासतमा मृत्यु हुने व्यक्तिको नाम इब्राहिम बी हो । शनिवार साँझ कोरोनाभाइरस नियन्त्रणका लागि लागु गरिएको उपाय उल्लङ्घन गरेको आशङ्कामा एउटा समूहलाई रोक्ने प्रयास गर्दा ती व्यक्ति पहिला भागेको प्रहरीले बताएको छ ।

नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा लगेपछि उनी अचेत भएका र उनलाई स्थानीय अस्पतालमा लगिएको प्रहरीको भनाइ छ । शनिवार राति १०ः२२ बजे पक्राउ परेको एक घण्टा जतिमा नै उनको मृत्यु भएको थियो । उनको मृत्युको कारण स्पष्ट छैन। तर त्यसबारे अनुसन्धान सुरु भएको ब्रसल्सको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

ती व्यक्तिको मृत्युबारे छानबिन हुनेपर्ने माग राख्दै प्रदर्शनकारीहरू अनुसन्धान केन्द्रस्थित प्रहरी चौकीसम्म गएका थिए। तर पछि उनीहरूको प्रदर्शन हिंसात्मक भयो । देशका गृहमन्त्रीले बुधवारको घटनाको निन्दा गर्दै त्यो अस्वीकार्य भएको टिप्पणी गरेका छन् । उनले सर्वसाधारणलाई मृत्युबारे अनुसन्धान गर्ने आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायलतर्फ प्रस्थान

  मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही सदस्य इजरायलतर्फ जान लागेका छन् ।  यो प्रयास दक्षिणी

सुडानको डार्फरमा जारी तनावप्रति संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

  सुडानको उत्तरी डार्फर क्षेत्रमा जारी द्वन्द्वका बारेमा बढ्दो चिन्ताजनक रिपोर्टप्रति संयुक्त राष्ट्रसङ्घका

चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान