ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनद्वारा पारित



राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन् । उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव केहीबेर अघि त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो । गत बुधवार अमेरिकी संसद् भवनमा हूलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा उनीविरुद्ध डेमोक्रेट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए ।

महाभियोग पारित हुन २१७ मत आवश्यक थियो । तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २२२ जना सदस्य छन् । तर ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन्। विपक्षमा १९७ जना रिपब्लिकन सांसद देखिए । तल्लो सदनले सन् २०१९ मा पनि उनी विरुद्ध महाभियोग पारित गरेको थियो।

तर त्यसबेला एकजना पनि रिपब्लिकनले महाभियोगमा साथ दिएका थिएनन् । अब उक्त प्रस्ताव माथिल्लो सिनेटबाट पनि पारित हुनुपर्छ । त्यसको निम्ति दुई तिहाइ बहुमत आवश्यक हुन्छ । त्यो सङ्ख्या पुर्याउन ट्रम्पको दलका सिनेटरहरूको पनि साथ आवश्यक हुने बताइएको छ । कम्तीमा १७ जना रिपब्लिकन सिनेटरहरू ट्रम्पको विपक्ष र महाभियोगको पक्षमा उभिनु पर्नेछ ।

न्यूयोर्क टाइम्सले २० जना रिपब्लिकन सिनेटहरू ट्रम्पलाई दोषी ठहर्याउने पक्षमा रहेको उल्लेख गरेको छ । दुई तिहाइ बहुमत आवश्यक हुने भएकाले डेमोक्रेटहरूकै बलमा मात्र सिनेटमा आरोप पुष्टि हुन सम्भव हुनेछैन ।

तर रिपब्लिकनहरूको साथ पाएर त्यो पारित भयो भने पनि उम्मेद्वार बन्न नदिन अर्को मतदान गराउनु पर्ने हुन्छ । ट्रम्पले सन् २०२४ मा उम्मेद्वार हुने सङ्केत दिएकाले त्यसबारे चासो पाइन्छ । कतिपय रिपब्लिकनहरूले महाभियोग नलगाएर राष्ट्रपति बन्न रोक्ने उपाय अपनाउनु पर्ने धारणा पनि राखेका थिए ।

यसअघि तल्लो सदनले संविधानको एउटा प्रावधानअनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति माइक पेन्सलाई सहयोगको आग्रह गर्ने प्रस्ताव पारित गरेको थियो । पेन्सले त्यो प्रस्ताव अस्वीकार गरिदिएपछि डेमोक्रेटहरू महाभियोगको प्रक्रियामा अघि बढेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका