कोरोना संक्रमणका कारण मलावीमा दुई मन्त्रीको निधन



विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण मलावीमा दुई मन्त्रीको निधन भएको छ । सरकारी अधिकारीहरुले उनीहरुको कोरोनाकै कारण मङ्गलबार बिहान निधन भएको पुष्टि गरेका छन् । उनीहरुका अनुसार यातायात तथा सार्वजनिक सेवा मन्त्री सिदिक मिया र स्थानीय सरकार मन्त्री लिङ्सन बेरेकान्यामको कोरोनाका कारण मृत्यु भएको हो ।

मृत्यु भएका दुवै मन्त्रीलाई अघिल्लो हप्ता कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो । पूर्वी अफ्रिकी मुलुक मलावीमा कोरोनाभाइरसका कारण यही जनवरीमा मात्रै अहिलेसम्म कम्तीमा ५० जनाको मृत्यु भइसकेको छ । एकै दिनमा सबैभन्दा बढी गत शनिबार १२ जनाको मृत्यु भएको थियो भने गत सोमबार १० जनाको मृत्यु भएको थियो ।

सोमबार एक दिन मात्रै देशभरी गरेर कूल ४५२ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । मलावीमा कोरोनाका कारण सोमबारसम्म २३५ जनाको मृत्यु भएको छ भने कूल दुई हजार ७४४ जना सङ्क्रमित अवस्थामा रहेका थिए ।

मलावी अफ्रिकाकै उच्च जोखिममा रहेका देशहरुको सूचीमा परेको छ । दक्षिण अफ्रिकाबाट आएकाहरु बढी सङ्क्रमित भएको पाइएको अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तानको घोषणा

बीबीसी । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने

इरानका तीन प्रमुख आणविक केन्द्रमा अमेरिकी आक्रमण

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक साइटहरूमा अमेरिकी

अमेरिकाले दियो इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको

बेलारुसका विपक्षी नेता तिखानोभ्स्की जेलबाट रिहा

वार्सा । बेलारुसका एक शीर्ष विपक्षी नेता सर्गेई तिखानोभ्स्कीलाई माफी दिएपछि जेलबाट रिहा