बाइडेनले बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउने



अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो वाइडेनले चर्चित कुटनीतिज्ञ विलियम बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउने भएका छन् । केन्द्रीय गुप्तचर निकाय (सिआइए)को निर्देशकको रूपमा उनलाई नियुक्त गर्ने निर्णय भएको वाइडेनले सोमबार घोषणा गरेका हुन् ।

सरकारी कर्मचारीकारूपमा झण्डै ३३ बर्ष सेवा गरेका बर्नस अहिले ६४ बर्ष भएका छन् । उनी यसअघि रूस र जोर्डनका लागि राजदूतसमेत भएका थिए ।

उनले डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीबाट निर्वाचित राष्ट्रपतिको मातहतमा रहेर काम गरिसकेका छन् । उनलाई अमेरिकी सरकारी सेवा र कुटनीतिक क्षेत्रमा राम्रो छवि भएको र प्रभावकारी क्षमता भएको व्यक्तिका रुपमा चिनिन्छ ।

उनी गत सन् २०१७ देखि एक बर्ष अगाडिसम्म राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा पनि कार्यरत थिए । तर ट्रम्पको कुटनीतिक भूमिका अत्यन्त आलोचित भएपछि बर्नसले छाडेका थिए ।

“दशकौँको कार्य अनुभव र दक्षताका आधारमा विलियम बर्नस अहिले अनुकरणीय कुटनीतिज्ञ हुनुभएको छ, रक्षा र सुरक्षाको क्षेत्रमा पनि उहाँको विश्वस्तरीय ज्ञान र क्षमता छ,” बाइडेनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

उनलाई आगामी कार्यकालमा गुप्तचर निकाय प्रमुखको रुपमा जिम्मेवारी दिँदा राष्ट्रलाई फाइदा हुने र अमेरिकामा बस्नेहरु ढुक्कसँग निदाउन पाउने बाइडेनको भनाइ छ ।

उनले राम्रो काम गरेको व्यक्तिको रूपमा अति उच्चस्तरका विभिन्न सम्मानहरु पनि प्राप्त गरेका छन् । बर्नसले अस्फोर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्वन्धमा विद्यावारिधि पनि हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकामा कोरोना संक्रमण घट्दो क्रममा

अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ४१ हजारभन्दा बढी

भारतमा कोरोना संक्रमणदर घट्दै

कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस

कोलोराडो गोलीकाण्डमा सात जनाको मृत्यु

संयुक्तराज्य अमेरिकाको कोलोराडोमा एक जन्मोत्सव कार्यक्रममा एक व्यक्तिले चलाएको गोली लागेर सात जनाको

भूमध्य सागर पार गरेर १२ सय आप्रवासी इटाली पुगे

भूमध्य सागर पार गरेर आइतबार एक हजार २०० भन्दा बढी आप्रवासीहरु इटालीको सानो