फ्रान्समा कोरोना संक्रमितहरुको संख्या घट्दै



फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या पछिल्ला केही दिनयता आएर घटेको देखिएको छ । अघिल्लो करिब दुई हप्ता अघिसम्म झन् बढेको अवस्थामा रहेका कोभिडका संक्रमितहरु पछिल्लो समयमा आएर भने घटेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

उनीहरुले पछिल्लो समयमा कोभिडका संक्रमितहरु घट्दै गएको देखिएको बताएका हुन् । पछिल्लो पटक अर्थात् आइतबार फ्रान्समा १५ हजार भन्दा केही बढी संक्रमित देखिएका बताइएको छ । आइतबार मात्र फ्रान्समा १५ हजार ९४४ जनामा कोभिडको संक्रमण पाइएको हो । तर यहाँका अधिकारीहरुले भने यही जनवरी ३ तारिखपछि यहाँ यो संख्या सबैभन्दा कम भएको बताएका छन् ।

आइतबार देखिएको यो संख्या पछिल्लो हप्ता यताकै सबैभन्दा कम भएको फ्रान्सको पब्लिक हेल्थ एजेन्सीले जनाएको छ । एजेन्सीले आइतबार यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या १५१ मात्र रहेको पनि जानकारी दिएको छ ।

गएको शनिबार मात्र यहाँ २० हजारभन्दा बढी नागरिकमा नयाँ संक्रमण देखिएको जनाएको थियो भने आइतबार यस संख्यामा उल्लेख्य मात्रामा कमी आएको पाइएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले बताएको थियो । महामारी सुरु भएदेखि यताको संख्या हेर्दा यहाँ २७ लाख ८३ हजार भन्दा बढीमा यो संक्रमण देखिएको बताइएको छ । युरोपेली देशहरुमध्ये सबैभन्दा धेरै कोभिडका संक्रमितहरुको संख्या बेलायतमा बढी देखिएको छ । फ्रान्समा ५७ हजार ७५० जनाको यस संक्रमणबाट ज्यान गएको छ ।

अहिले पनि हरेक दिन यहाँका नागरिक यो संक्रमणका कारण ज्यान गुमाइरहेका बताइएको छ । शनिबारसम्मको तथ्यांक हेर्दा यहाँका २४ हजार ५५९ जना विरामी अस्पतालमा उपचार गराइरहेका देखिएको छ । तीमध्ये पनि यहाँका २ हजार ६२९ जनालाई आइसियुमा राखेर उपचार गराइएको पनि फ्रान्सको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । फ्रान्सका अधिकारीहरुले यहाँ पनि पछिल्ला केही हप्तायता बेलायतमा जस्तै कोरोना भाइरसको दोस्रो लहरको संक्रमण शुरु भएको जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोनाभाइरसको भारतीय प्रकार विश्वव्यापी चिन्ताको विषय भएको विश्व स्वास्थ्य सङ्गठनको भनाइ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई विश्वव्यापी चिन्ताको भेरिअन्टको रूपमा वर्गीकरण

भारतमा कोभिड संक्रमित घट्दै

भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ

चीनको जनसंख्या केहीवर्ष एक अर्ब ४० करोडभन्दा बढी हुने

चीनको राष्ट्रिय तथ्यांक ब्युरोले चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा

भारतमा गङ्गा नदी किनारमा दर्जनौँ शव फेला

उत्तर भारतमा गङ्गा नदीको किनारमा कम्तीमा ४० वटा शव फेला परेका अधिकारीहरूले बताएका