विश्वमा ६ करोड ४८ लाख भन्दा बढी मानिस कोरोना संक्रमणमुक्त
विश्वमा ६ करोड ४८ लाख ११ हजार भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म विश्वभर ९ करोड ६ लाख ८९ हजार ७४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा विश्वमा ८ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ । हालसम्म विश्वमा १९ लाख ४३ हजार ९९ संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको २ करोड ३९लाख ३५ हजार २६९ सक्रिय संक्रिमतको रहेको छ । जसमध्ये १ लाख ८ हजार ५३३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।
यस्तै, कोरोना संक्रमणबाट विश्वमा सबैभन्दा बढी असर परेका अमेरिकामा २ करोड २९ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। ३ लाख ८३ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ । यसैगरी भारतमा संक्रमितको संख्या १ करोड ४ लाख ६७ हजार ४३१ पुगेको छ । १ लाख ५१ हजारबढीको मृत्यु भएको छ ।