माघ ३ गतेदेखि भारतमा कोभिड-१९ विरुद्ध खोप अभियान सुरु गरिने



भारत सरकारले आगामी माघ ३ गतेदेखि देशमा कोरोनाभाइरसविरुद्ध खोप अभियान सुरु गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त अभियानलाई महत्वपूर्ण कदम भन्दै आगामी जुलाई महिनाभित्र ३० करोड मानिसलाई खोप दिइने बताएका छन् ।

भारतको कुल जनसङ्ख्या १.३ अर्ब छ । मोदीका अनुसार स्वास्थ्यसेवाका कर्मचारी तथा अग्रपङ्क्तिमा कार्यरत अन्य व्यक्तिले पहिला खोप पाउनेछन् । कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा भारत अमेरिकापछि शीर्ष स्थानमा छ ।

कोरोनाभाइरस महामारी फैलिएपछि भारतमा १० करोड तीन लाखभन्दा बढी मानिस सङ्क्रमित भएको पुष्टि भएको छ भने झन्डै डेढ लाखको मृत्यु भइसकेको छ ।

भारतको औषधि नियामक निकायले दुईवटा खोपलाई प्रयोगको अनुमति दिएको छ । तीमध्ये कोभिशील्ड नाम दिइएको खोप एस्ट्राजेनेकाले अक्सफर्ड यूनिभर्सिटीसँग मिलेर बनाएको हो भने कोभ्याक्सीन भारतीय कम्पनी भारत बायोटेक आफैँले निर्माण गरेको हो ।

उनका अनुसार चिकित्सक, स्वास्थ्यसेवाका कर्मचारी र सफाइ कर्मचारीसहित अग्रमोर्चाका कर्मचारीले खोपका लागि प्राथमिकता पाउनेछन् । सरकारले एउटा विज्ञप्तिमा जनाएअनुसार त्यसपछि ५० वर्षमाथिका मानिस तथा स्वास्थ्यसम्बन्धी समस्या भएका ५० वर्षमुनिका जोसुकैले पनि खोप लगाउने पाउनेछन् ।

भारतमा विभिन्न स्थानमा खोप अभियानका लागि अभ्यास भइसकेको छ। सरकारले ७०० जिल्लामा डेढ लाख कर्मचारीलाई तालिम दिएको छ । परीक्षण सम्पन्न नभईकन सरकारले कोभ्याक्सीनलाई आपत्कालीन अनुमति दिएकोमा विज्ञहरूले चिन्ता प्रकट गरेकै बेलामा सकारले खोप अभियान घोषणा गरेको हो ।

अल इन्डिया ड्रग एक्शन नेटवर्क नामक संस्थाले उक्त खोपको प्रभाकारिता देखाउन पर्याप्त तथ्याङ्क नभएको र पारदर्शिताको अभाव भएको भन्दै प्रयोगका लागि अनुमति दिइएकोमा थप प्रश्न उठेको जनाएको छ ।

तर भारतका औषधि महानियन्त्रक भीजी सोमानीले कोभ्याक्सीन सुरक्षित भएको र त्यसले सबल प्रतिरक्षात्मक प्रतिक्रिया उत्पन्न गराउने दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइएसआइएसको आक्रमणमा नाइजेरियामा ३४ सैनिकको मृत्यु

नाइजेरिया । नाइजेरियाको दक्षिणपश्चिमी भागमा, मालीको सीमा नजिकै रहेको सैनिक अड्डामा इस्लामिक स्टेट

इरानद्वारा इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ

तेहरान । इरानको कोम प्रान्तको प्रहरीले शनिबार इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जनालाई

चाडमा भएको झडपबाट कम्तीमा १७ जनाको मृत्यु

याउण्डे । चाडको माईयो–कब्बी वेस्ट प्रान्तको ओरेगोमेल गाउँमा बिहीबार साँझ भएको भीषण झडपमा

टेस्लाले साङ्घाइमा नयाँ ‘ग्रिड साइड ऊर्जा भण्डारण’ स्टेशन निर्माण गर्ने

सांघाई । अमेरिकी कार निर्माता कम्पनी टेस्लाले चिनियाँ साझेदारहरूसँग मिलेर साङ्घाइमा मेगाप्याक ऊर्जा