विश्वव्यापी खोपका लागि बेलायतद्वारा १ अर्ब डलर प्रदान गर्ने घोषणा



बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोनाभाइरस विरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन एक अर्ब डलर जुटाउने जनाएको छ । यो रकम विश्वका विभिन्न दाताहरुबाट संकलन गरिएको बेलायत सरकारले बताएको छ ।

बेलायत सरकारले अन्य दाताले ४ डलर दिए आफ्ना तर्फबाट एक पाउन्ड रकम कोभाक्समा राख्ने जनाएको छ । कोभाक्सका लागि बेलायतले यसअघि नै ५४ करोड ८० लाख डलर अनुदान दिइसकेको छ ।

क्यानाडा, जापान र जर्मनीले मुख्य रुपमा कोभाक्स कोषमा रकम जम्मा गरिरहेका छन् । यस कोषका लागि १ अर्ब ७० करोड डलरसम्म प्रदान गर्ने योजना दाताहरुको रहेको छ । बेलायती विदेश मन्त्रालयका अनुसार यसै वर्षभित्र ९२ वटा विकासशील मुलुकका लागि कोषबाट एक अर्ब कोभिड–१९ को खोप वितरण गरिने छ ।

विदेशमन्त्री डोमिनिक राबले जारी गरेको विज्ञप्तिमा यो विश्वव्यापी समस्या रहेकाले सबैलाई यस अभियानमा सहभागी गराउनुको विकल्प नरहेको बताएका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार बेलायती विदेश मन्त्री राब र प्रधानमन्त्री बोरिस जोन्सनसँग भेट्दैछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

दुबई । इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि खाडीका

इरानमाथि आक्रमण गरेर द्वन्द्व नबढाउन इजरायललाई विश्व समुदायको आग्रह

पेरिस । इजरायलले इरानमा आणविक र सैन्य ठाउँहरू सहित एक सय लक्ष्यमा आक्रमण

साउदी अरेबियाद्वारा इरानमा इजरायलको आक्रमणको निन्दा

  रियाद । सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको

इजरायली आक्रमणको बदला लिने इरानको चेतावनी

तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र