उत्तर कोरियाले परमाणु अस्त्र र सैन्य शक्ति थप वृद्धि गर्ने



उत्तर कोरियाली नेता किम जङ उनले अमेरिकालाई आफ्नो देशको सबैभन्दा ठूलो शत्रु भन्दै अमेरिकामा जो राष्ट्रपति बने पनि प्योङयाङप्रति वाशिङ्टनको नीति परिवर्तन हुने अपेक्षा आफूले नराखेको बताएका छन् । उनको सत्तारूढ वर्कर्स पार्टीको विरलै हुने राष्ट्रिय सम्मेलनमा बोल्दै किमले उत्तर कोरियाको परमाणु अस्त्र र सैन्य शक्ति थप वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले पानीमुनि चल्ने परमाणु जहाज (न्यूक्लियर सबमरिन) बनाउने आफ्नो योजना करिब करिब पूर्ण भएको बताए । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनले शपथ लिने दिन नजिकिएका बेला उनको प्रतिक्रिया आएको छ ।

विश्लेषकहरू किमको टिप्पणी अमेरिकी नयाँ राष्ट्रपतिमाथि दबाव पुर्याउने प्रयत्न भएको ठान्छन् । राष्ट्रपति डोनल्ड ट्रम्पसँग किमको न्यानो सम्बन्ध रहे पनि ट्रम्पको कार्यकलमा उत्तर कोरियाको पारमाणविक कार्यक्रम नियन्त्रण गर्नेबारे खासै ठोस प्रगति भएन । वर्कर्स पार्टीको आठौँ कंग्रेसमा ’शत्रु शक्तिले’ उत्तर कोरियाविरुद्ध प्रयोग नगरेसम्म प्योङयाङले आणविक हतियार प्रयोग नगर्ने उनले बताए ।

समाचार एजेन्सी केसीएनले किमले ‘उत्तर कोरियाली क्रान्तिका लागि सबैभन्दा ठूलो अवरोध र सबैभन्दा ठूलो शत्रु अमेरिका हो, त्यहाँ जो सुकै शक्तिमा आए पनि उत्तर कोरिया प्रतिको नीतिमा कुनै परिवर्तन हुँदैन’ भनेको जनाएको छ । उनको भाषणमा लामो दूरीको ब्यालिस्टिक मिसाइल सहित केही परमाणु हतियारको सूची प्रस्तुत गरिएको थियो ।

कडा आर्थिक प्रतिबन्ध लगाइएको भए पनि परमाणु हतियार विकासमा उत्तर कोरियाले महत्वपूर्ण प्रगति गरेको बताइन्छ । यो हप्ताको शुरूमा किमले उनको पाँच वर्षे आर्थिक योजना सबैजसो क्षेत्रमा विफल भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते

जेरुसेलम। अमेरिकाले आणविक साइटहरूमा बम प्रहार गरेलगत्तै इरानले इजरायलमा दुईवटा मिसाइल प्रहार गरेपछि

अमेरिकी आक्रमणले इरानका आणविक स्थलहरू ‘पूर्ण रूपमा ध्वस्त’ : ट्रम्प

वासिङ्टन ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी हवाई आक्रमणले इरानका मुख्य आणविक स्थलहरू

ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तानको घोषणा

बीबीसी । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने

इरानका तीन प्रमुख आणविक केन्द्रमा अमेरिकी आक्रमण

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक साइटहरूमा अमेरिकी