विश्वमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ करोड ४० लाख नाघ्यो



विश्वमा ६ करोड ४० लाखभन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढी निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ४० लाख ८ हजार नाघेको छ । कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा ८ लाख २० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ८ करोड ९३ लाख ५५ हजार ९१९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वमा १४ हजारभन्दा बढीको मृत्यु भएको छ । हालसम्म विश्वमा १९ लाख २२ हजार ५२ संक्रमितको मृत्यु भएको छ ।

कुल संक्रमितको २६.२१ प्रतिशत संक्रमित अर्थात २ करोड ३४ लाख २५ हजार ८४९ सक्रिय संक्रिमतको रहेको छ । जसमध्ये १ लाख ८ हजार ८९७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।

कोरोना संक्रमणबाट विश्वमा सबैभन्दा बढी असर परेका अमेरिकामा २ करोड ४५ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। ३ लाख ७८ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ । यसैगरी भारतमा संक्रमितको संख्या १ करोड ४ लाख ३२ हजार ५२६ पुगेको छ । १ लाख ५० हजारबढीको मृत्यु भएको छ ।

पछिल्लो समय धेरै जसो मुलुकमा तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएकाले फ्रान्स, अमेरिका, भारत,जापान लगाएत देशमा पुन प्रतिबन्धहरु शुरु गरिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ