विश्वमा एकैदिन ७ लाख ५७ हजारमा कोरोना पुष्टि,सक्रिय सङ्क्रमित २ करोड २६ लाखबढी
विश्वमा हालसम्म ६ करोड ३० लाख ९७ हजार भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ७ लाख ५७ हजार ३ सय भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै विश्वमा संक्रमितको संख्या ८ करोड ७५ लाख ९४ हजार ७४४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १३ हजार ७ सय जनाको मृत्यु भएको छ । हालसम्म १८ लाख ८९ हजार १०४ संक्रमितको मृत्यु भएको छ । विश्वमा सक्रिय संक्रिमतको संख्या २ करोड २६ लाख ८ हजार १२१ रहेको छ । जसमध्ये १ लाख ८ हजार ८२१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी २ लाख ३७ हजार ५१५ जना रहेका छन्। त्यस्तै, कोरोनाका कारण ३ हजार ६७९ जनाको मृत्यु भएको छ । हालसम्म अमेरिकामा २ करोड १८ लाख ३२ हजार भन्दा बढी संक्रमित भएका छन् । ३ लाख ६९ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ भने १ करोड ३० लाख भन्दाबढी संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी, भारतमा पछिल्लो २४ घण्टामा २० हजार भन्दाबढी नयाँ संक्रमित थपिएका छन् भने २ सय २१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या हालसम्म १ करोड ३ लाख ९५ हजार नाघेको छ भने १ लाख ५० हजार ३७२ जनाको मृत्यु भएको छ ।