रुसका दश लाख मानिसलाई दिइयो स्पुट्नीक भी खोप



रुसका दश लाखभन्दा बढी मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप स्पुट्नीक भी खोप दिइएको छ । खोप उत्पादक संस्थाले खोप लगाइएको सम्बन्धी विवरण सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेको हो ।

कोरोनाभाइरस विरुद्धको खोप विकास गरिएको दाबी गर्नेमा रुस सबैभन्दा अगाडि थियो । जसले अगस्ट ११ मा खोप विकास गरिएको घोषणा गरेको थियो । त्यसपछि अन्य देशहरूले पनि विकास गरेको घोषणा गरेका थिए ।

खोपको प्रयोग भने सबैभन्दा पहिला बेलायतमा गरिएको घोषणा गरिएको थियो । त्यसपछि अरु देशहरूले पनि प्रयोगमा ल्याउने निर्णय गरेका थिए । तर अहिलेसम्मका सबै खोप आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न सुझाव दिइएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा विकास गरिएको खोप स्पुट्नीक भी ९५ प्रतिशतसम्म प्रभावकारी भएको यसअघि नै बताएका थिए । रुसकै केही स्वास्थ्य विषेशज्ञहरूले त यो खोप ९६ देखि ९७ प्रतिशतसम्म प्रभावकारी भएको दाबी गरेको पनि ट्वीटमा उल्लेख गरिएको छ ।

रुसी अरू विज्ञ अधिकारीहरूले पनि कोरोना विरुद्धका अन्य खोपको तुलनामा स्पुट्नीक भी बढी प्रभावकारी भएको दाबी गर्ने गरेका छन् । कोरोनाविरुद्धको खोप लगाउने क्रम चलिरहे पनि रुसमा सङ्क्रमित भएकाहरू थपिने क्रम पनि चलिरहेकै छ ।

कोरोनाकै कारण धेरै मानिस प्रभावित भएको मुलुकको सूचीमा रुस चौथो अग्रपङ्क्तिमा रहेको छ । रुसमा अहिलेसम्म ३३ लाख आठ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने ५९ हजार ९५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभरी अहिलेसम्म आठ करोड ६० लाखभन्दा बढी मनिस सङ्क्रमित भएका छन् । कोरोनाका कारण विश्वभरी अहिलेसम्म १८ लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ