दक्षिण कोरियामा सन् २०२० मा जन्मिने मानिसको सङ्ख्याभन्दा बढी मृत्यु



दक्षिण कोरियामा सन् २०२० मा पहिलो पटक मानिसको जन्मभन्दा बढी सङ्ख्यामा मृत्यु भएको पाइएपछि त्यसप्रति चिन्ता व्यक्ति गरिएको छ । दक्षिण कोरियामा शिशु जन्मदर विश्वकै न्यून छ । सन् २०२० मा त्यहाँ अघिल्लो वर्षको तुलनामा १० प्रतिशत कम अर्थात् २,७५,८०० शिशु जन्मिएका थिए । उक्त वर्ष ज्यान गुमाउने मानिसको सङ्ख्या ३,०७,७६४ रह्यो ।

जनसङ्ख्या घट्दा देशमाथि चर्को दबाव उत्पन्न हुन्छ । स्वास्थ्यसेवा र निवृत्तिभरणको मागका कारण सार्वजनिक खर्च जुटाउन आइपर्ने समस्याबाहेक घट्दो युवा जनसङ्ख्याले श्रमशक्तिको अभाव निम्त्याउँदै अर्थतन्त्रलाई प्रत्यक्ष रूपमा नै प्रभाव पार्छ । अघिल्लो महिना राष्ट्रपति मुन जे इनले प्रोत्साहनस्वरूप भत्ता दिनेसहित जन्मदर बढाउने उद्देश्यले कैयौँ नीतिहरू घोषणा गरेका थिए ।

उक्त योजनाअन्तर्गत सन् २०२२ बाट प्रत्येक शिशुलाई १,८५० अमेरिकी डलरजति (झन्डै २,१६,००० नेपाली रुपैयाँ ) नगद उपलब्ध गराइनेछ । त्यसबाहेक एक वर्ष नपुगुन्जेलसम्म मासिक ३२,००० रुपैयाँभन्दा बढी रकम शिशु स्याहार खर्च दिइनेछ ।

उक्त मासिक प्रोत्साहन भत्ता वृद्धि गरेर सन् २०२५ मा ५०,००० रुपैयाँभन्दा बढी बनाउने भनिएको छ । दक्षिण कोरियामा महिलाहरूले काम र व्यक्तिगत जीवनको सन्तुलन मिलाउन सङ्घर्ष गर्नुपरेकाले यसो भएको हो ।

ह्युन यू किम तिनै महिलामध्ये एक हुन्। परिवारका चार सन्तानमध्येकी जेठी उनले आफ्नो पनि ठूलो परिवार होओस् भन्ने सपना देखेकी थिइन् । तर उनले दक्षिण कोरियामा परिवारमैत्री वातावरण पाइनन् । त्यही भएर आफ्नो योजनामा पुनर्विचार गरिरहेको उनी बताउँछिन् । हालै नयाँ जागिर पाएकी उनलाई सन्तान जन्माउन बिदा लिन अप्ठेरो लागेको छ ।

घरजग्गाको बढ्दो मूल्य अर्को प्रमुख विषय हो । किम भन्छिन् तीव्र गतिले वृद्धि भइरहेको मूल्यले युवा जोडीहरूलाई सन्तान जन्माउन निरुत्साहित गरिरहेको छ । उनी सरकारले प्रस्ताव गरेको प्रोत्साहनप्रति पनि विश्वस्त छैनन् । “सन्तान हुर्काउन खर्चालु हुन्छ। सरकारले केही थप रकम दिएर हाम्रो समस्या समाधान हुँदैन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकामा कोरोना संक्रमण घट्दो क्रममा

अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ४१ हजारभन्दा बढी

भारतमा कोरोना संक्रमणदर घट्दै

कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस

कोलोराडो गोलीकाण्डमा सात जनाको मृत्यु

संयुक्तराज्य अमेरिकाको कोलोराडोमा एक जन्मोत्सव कार्यक्रममा एक व्यक्तिले चलाएको गोली लागेर सात जनाको

भूमध्य सागर पार गरेर १२ सय आप्रवासी इटाली पुगे

भूमध्य सागर पार गरेर आइतबार एक हजार २०० भन्दा बढी आप्रवासीहरु इटालीको सानो