साउदी अरबले कतारमाथि लगाएको प्रतिबन्ध हटाउने



साउदी अरबले कतारसँगको जल तथा स्थल सीमा फेरि खोल्न लागेको जानकारी कुवेतले दिएको छ । साउदी अरबको यो कदमलाई कतार र विभिन्न खाडी राष्ट्रबीच लामो समयदेखि विद्यमान विवाद समाधानको दिशामा एउटा महत्वपूर्ण उपलब्धि मानिएको छ ।

मङ्गलवार साउदी अरबमा हुन लागेको गल्फ कोअपरेशन काउन्सिलको एउटा सम्मेलनअघि यो कदम चालिएको हो । एक वरिष्ठ अमेरिकी अधिकारीले गतिरोध अन्त्यका लागि एउटा सम्झौतामा हस्ताक्षर हुने बताएका छन् ।

आतङ्कवादलाई समर्थन गरेको आरोप लगाउँदै कतारका छिमेकी देशहरूले साढे तीन वर्षअघि उसमाथि नाकाबन्दी लगाएका थिए । यूएई, बहरेन, इजिप्टले साउदी अरबसँग कूटनीतिक, व्यापारिक र यात्रा प्रतिबन्धलगायत साझेदारी गरेका थिए ।

सानो भए पनि निकै धनी अरब मुलुक कतारले जिहादी आतङ्कवादीहरूलाई समर्थन गरेको आरोपको सधैँ खण्डन गर्ने गरेको छ । साढे तीन वर्ष लामो गतिरोध अन्त्य गरिदिने उक्त कदमलाई कुवेती विदेशमन्त्री अहमद नासिर अल-सबाहले टेलिभिजनबाट घोषणा गरेका हुन् । केही अघिसम्म कुवेती मध्यस्थता खासै परिणाममुखी देखिएको थिएन ।

यो सहमति गराउन अमेरिकी प्रशासनले धेरै देखिनेगरी भूमिका निर्वाह गरेको छ । कतारका इमिर तमिम बिन हमाद अल थानीले मङ्गलवारको सम्मेलनमा जानका लागि साउदी राजा सल्मानको निम्ता स्वीकारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्ट्रेलिया र मोडर्नाबीच दुई करोड ५० लाख डोज खोप खरिदको सम्झौता

अस्ट्रेलियाले आफ्ना सबै बयस्क नागरिकलाई खोप लगाउने गरी अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नासँग

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकैदिन चार हजार बढीको मृत्यु

भारतमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा पछिल्ला केही दिनदेखि कमी आएको छैन ।

कोरियाले निर्माण गर्यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट

सउल । दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण

हमास विद्रोहीद्वारा इजरायलमाथि दर्जनौँ रकेट प्रहार(फोटोफिचर)

इजरायलको हवाई हमलामा आफ्ना केही वरिष्ठ कमाण्डरहरू मारिएको र गाजामा बहुतले भवन ध्वस्त