टोकियोलगायतका क्षेत्रमा आपतकाल घोषणा गरिने



पछिल्लो समय जापानमा कोरोना भाइरस संक्रमणमा उच्च वृद्धिभएसंगै टोकियो लगायतका मुख्य क्षेत्रमा आपतकाल घोषणा गरिने भएको छ । प्रधानमन्त्री योशिहिदे सुगाले सोमबार बिहान प्रधानमन्त्री निवासमा पत्रकार सम्मेलन गरी टोकियो महानगर लगायत साईतामा, चिबा र कानागावा प्रान्तमा संक्रमण उच्च रहेकोले आपतकाल घोषणा गर्न लागिएको जानकारी गराएका हुन् ।

उनले नयाँ कोरोना भाइरस विरुद्ध लड्न विशेष गरी टोकियो र छेउछाउका क्षेत्रहरुमा राती मानिसहरुको भिड़भाड कम गर्न भनेका छन् ।

विशेष गरि पेय पदार्थको बिक्री हुने स्थलहरुमा संक्रमणको जोखिम उच्च हुने बताउँदै प्रधानमन्त्री सुगाले रेस्टुरेन्टहरु ८ बजेसम्म मात्र संचालन गर्न अनुरोध गर्ने बताए ।

यस्तै, सरकारले सल्लाहकार समितिसँग परामर्श गरेर निर्णय गर्ने जनाएको छ। प्रधानमन्त्रीले यसहप्ताभित्र आपतकालीन घोषणा जारी गर्न समन्वय गरिरहेको जानकारी दिएका छन् । प्रधानमन्त्री सुगाले सकेसम्म फेब्रुअरी महिनाको मध्यबाट नागरिकहरुलाई कोरोना बिरुद्दको खोप उपलब्ध गराउने समेत बताएका छन् ।

उनले नीतिगत रुपमा सरकारले हाल नयाँ विदेशी नागरिकलाई जापनन प्रवेश रोकेको बताए । शनिबार टोकियो सहित चार छिमेकी क्षेत्रका गभर्नरहरूले आर्थिक पुनरुत्थान मन्त्री यासुतोशी निशिमुरासंग भेट गरेर कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न अनुरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका