सन् २०२० मा हवाई दुर्घटना कम, मृत्यु हुनेको संख्या बढी



सन् २०२० मा कोरोनाभाइरस महामारीका कारण हवाई यात्रामा कमी आएपनि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढेको छ । डेनमार्कको उड्डयन परामर्शदाता कम्पनी टु ७० का अनुसार सन् २०२० मा २९९ जना व्यक्ति व्यावसायिक हवाई दुर्घटनामा मारिएका थिए जुन सन् २०१९ को २५७ भन्दा बढी हो ।

गत वर्ष विश्वभर हवाई उडान ४२ प्रतिशतले घटेको फ्लाइटराडार २४ ले जनाएको छ । टु ७० का अनुसार मृत्यु हुनेको सङ्ख्यामा ठूला व्यावसायिक उडानहरूको दुर्घटना रहेका छन् । सो सङ्ख्यामा इरानी सेनाले खसालेको युक्रेनको जहाजमा भएको मृत्यु पनि समावेश छ । सो दुर्घटनामा १७६ जना मारिएका थिए र इरानले ती प्रत्येकको परिवारलाई १ लाख ५० हजार डलर क्षतिपूर्ति दिने बताएको छ ।

अर्को ठूलो दुर्घटना पाकिस्तानी वायुसेवाको कराँचीमा भएको विमान दुर्घटना रहेको छ जसमा ९८ जनाको मृत्यु भएको थियो । सो दुर्घटनाको कारण मानवीय त्रुटि रहेको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ ।

टु७० का अनुसार विमान दुर्घटनाको सङ्ख्या भने आधाभन्दा धेरै घटेको छ । सन् २०१९ मा ८६ दुर्घटना भएकोमा सन् २०२० मा ४० दुर्घटना मात्रै भएका र तीमध्ये पाँच दुर्घटनामा मात्रै मानवीय क्षति भएको जनाइएको छ ।

दुर्घटनाको दर गएको १० वर्षमा समान भएको बताउँदै कम्पनीले सन् २०२० मा भएको उडानको कमीका कारण चालक दलको क्षमतामा ह्रास भएको हुनसक्ने बताउँदै सामान्य उडानमा फर्कँदा त्यसको असर देखिन सक्ने बताएको छ । सन् २०१७ सबैभन्दा सुरक्षित वर्ष रहेको छ जुन वर्ष हवाई दुर्घटनामा १३ जनाको मात्रै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’