विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ लाख ३५ हजार नाघ्यो



विश्वमा ५ करोड ९६ लाखभन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढी संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या ५ करोड ९६ हजार ३४ हजार ९३२ पुगेको छ । संक्रमणमुक्त हुने कुल संक्रमितको ७० प्रतिशतभन्दा बढी हो ।

पछिल्लो २४ घण्टामा ५ लाख ५२ हजारभन्दा बढीमा संक्रमण भएसँगै विश्वमा संक्रमितको संख्या ८ करोड ४३ लाख ७५ हजार भन्दा बढी पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ९ हजारभन्दा धेरैको मृत्यु भएको छ । हालसम्म १८ लाख ३५ हजार २२१ संक्रमितको मृत्यु भएको छ ।

विश्वमा सक्रिय संक्रिमतको संख्या २ करोड २९ लाख ४ हजार ८५३ रहेको छ । जसमध्ये १ लाख ६ हजार ५६१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।

संक्रमणबाट विश्वमा सबैभन्दा बढी असर परेको अमेरिकामा २ करोड ६ लाख १७ हजार भन्दा बढी संक्रमित भएका छन् । ३ लाख ५६ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ भने १ करोड २१ लाख ७५ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

भारतमा संक्रमितको संख्या १ करोड ३ लाख लाघेको छ भने १ लाख ४९ हजार बढीको मृत्यु भएको छ । यसैगरी, पछिल्ला केही दिनयता नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ । बेलायतमा पहिलो पटक देखिएको नयाँ प्रजातिको भाइरस चीन, फ्रान्स, अमेरिका लगाएत धेरै मुलुकमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही