मुकेश अम्बानीलाई उछिनेर चिनियाँ व्यापारी बने एशियाकै सर्वाधिक धनी व्यक्ति



खोप उत्पादन गर्ने फर्म र बोतलबन्द पानी बेच्ने कम्पनीको स्वामित्व भएका एक चिनियाँ व्यापारी एशियाकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । जङ शान्शानको सम्पत्ति यो वर्ष कुल सात अर्ब डलरले वृद्धि भयो ।

यससँगै उनी भारतका मुकेश अम्बानी र चीनका ज्याक माभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । ब्लूमबर्गको बिलीअनेअर इन्डेक्सका अनुसार कुल ७७.८ अर्ब अमेरिकी डलर बराबर सम्पत्तिसहित जङ संसारभरिका धनाढ्य व्यक्तिको सूचीमा ११ औँ स्थानमा पुगेका छन् ।

यसले उनलाई अलिबाबाका संस्थापक ज्याक माभन्दा माथि पुर्याइदियो। ज्याक मा त्यतिबेला चीन र एशियाकै सर्वाधिक धनी व्यक्ति थिए । त्यतिबेलादेखि नै नोङ्फु स्प्रिङ हङ्कङको शेअर बजारमा बलियो बनेर बसेको छ। पहिलो चोटि सार्वजनिक भएदेखि अहिलेसम्म त्यसको मूल्य १५५ प्रतिशतले बढेको छ। बेइजिङ बान्ताई बायोलजिकलको शेयरको मूल्य २,००० प्रतिशतभन्दा माथि पुगेको छ ।

उक्त फर्म कोभिड १९ को खोप बनाउन संलग्न छ। शेयर बजारमा भएको नाटकीय उत्थानले जङलाई एशियाको सर्वाधिक व्यक्तिका रूपमा स्थापित गरिदिएको छ । ब्लूमबर्गका अनुसार यो इतिहासमै सर्वाधिक सम्पत्ति सङ्कलन भएका घटनामध्ये एक हो । अमेजन कम्पनीका संस्थापक जेफ बेजोससहित धेरै धनाढ्यहरू कोरोनाभाइरस महामारीका बेला अझ धनी भएका छन् ।

भारतका मुकेश अम्बानीको सम्पत्ति पनि यो अवधिमा १८.३ अर्ब डलरले बढेर ७६.९ अर्ब डलर पुगेको छ । उनले आफ्नो व्यापारिक प्रतिष्ठान रिलायन्स इन्डस्ट्रीजलाई प्रविधि र ई कमर्सको क्षेत्रमा रूपान्तरित गरेका छन् ।

यो वर्षको सुरुतिर फेसबुकले भारतको मोबाइल इन्टरनेट कम्पनी रिलायन्स जिओमा ५.७ अर्ब डलर लगानी गर्न लागेको बताएको थियो। उक्त कम्पनी अम्बानीको स्वामित्वमा छ । तर ज्याक माको सम्पत्ति अक्टोबरमा ६१.७ अर्ब डलरबाट घटेर ५१.२ अर्ब डलर पुगेको छ।

उनको कम्पनी अलिबाबा केही समययता चीनका नियामक निकायहरूको निगरानीमा परेको छ । उससँग सम्बद्ध एन्ट ग्रूप गत नोभेम्बर महिनामा स्टक बजारमा सूचीकृत भएको भए पनि एकलौटी व्यवहार गरेको आशङ्कामा अलिबाबामाथि छानबिन भइरहेको छ । चीनका अधिकांश अर्बपतिहरू प्रविधिको क्षेत्रसँग सम्बन्धित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक

प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको संसदीय एक अनुसन्धानले चेतावनी

अत्यधिक क्षमताको समस्यालाई सम्बोधन गर्न येलेनले चीनसँग आग्रह गर्ने

अमेरिकी वित्तमन्त्री जेनेट येलेनले विद्युतीय सवारी जस्ता उद्योगमा चीनबाट सस्तो निर्यातमा भएको वृद्धिले