स्पुट्नीक भी प्रयोग गर्ने दोस्रो देश बन्यो बेलारुस



रसियामा निर्मित कोरोनाभाइरस विरुद्धको खोप स्पुटनीक भी प्रयोग गर्ने देशमा बेलारुस दोस्रो बनेको छ । यसअघि रुसले यसको प्रयोग गरेको थियो । यो खोपको विकास पनि रुसमा नै एक सरकारी निकायले गरेको थियो ।

स्पुटनीक भी खोप उत्पादन गर्ने निकायको आधिकारिक सामाजिक सञ्जालमा लेखिएको छ, “यो खोप प्रयोग गर्ने देशहरुको सूचीमा बेलारुस दोस्रो भएको छ, बेलारुसमा आम नागरिकलाई पनि यो खोप लगाउन थालिएको छ ।”

सो निकायले आफ्नो खोप विश्वसनीय र प्रभावकारी भएको, तर शरीरमा कुनै प्रतिकूल प्रभाव नपर्ने दाबी पनि गरेको छ । स्पुटनीक भी खोप लगाएकाहरुलाई लाभ नै भएको र धेरैले राहत महसुस गरेको सो निकायले सामाजिक सञ्जालमा लेखेको छ ।

रुसका स्वास्थ्य मन्त्री दिमित्री पिनेभिचले कोरोनाविरुद्धको खोप प्रयोग गर्ने अवसरलाई बेलारुसले राम्रोसँग प्रयोग गरेको बताए । बेलारुसमा सोमबार एक दिन मात्रै एक हजार ८१४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने अहिलेसम्म एक लाख ८८ हजार ५८८ जना सङ्क्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खाडी ग्यास सुविधामाथि इजरायलको आक्रमण ‘युद्ध विस्तार गर्ने’ प्रयास रहेको इरानको भनाई

तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार खाडी तटमा रहेको प्रमुख ग्यास सुविधामा

भष्टाचार मुद्दामा दोषी ठहरिएपछि फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीको खोसियो सर्वोच्च सम्मान

पेरिस । भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएपछि फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीबाट लिजन अफ

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुने ट्रम्पको चेतावनी

  वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले संयुक्त राज्य

इरान-इजरायल तनाबबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहान टेलिफोन