ट्रम्प प्रशासनले अमेरिकी सुरक्षा निकायहरूमाव्यापक क्षति पुर्याएको बाइडनको भनाइ



अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले अमेरिकाको सुरक्षा निकायहरूमा राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले व्यापक क्षति पुर्याएको बताएका छन् । आफ्नो टोलीले रक्षा मन्त्रालयसहित अन्य विभिन्न निकायहरूबाट आवश्यक पर्ने सूचना नपाएको बाइडनले बताए ।

राष्ट्रिय सुरक्षा अनि विदेश नीति हेर्ने उनका सल्लाहकारहरूसँग छलफल गरेपछि उनले त्यस्तो बताएका हुन् । बाइडनले अमेरिकाका राष्ट्रपतिका रूपमा जनवरी २० मा पदभार ग्रहण गर्दै छन् । तर राष्ट्रपति डोनल्ड ट्रम्पले भने हालसम्म हार स्वीकार गरेका छैनन् ।

अमेरिकामा गत महिना राष्ट्रपतीय निर्वाचन भएको थियो । त्यहाँ राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि महत्वपूर्ण सूचनाबारे जानकारी गराइने प्रचलन भएपनि नोभेम्बर ३ मा भएको चुनावपछि हप्तौँसम्म बाइडनलाई त्यस्ता गतिविधिमा सामेल गराइएको थिएन ।

यस विषयमा ट्रम्प प्रशासनले तत्काल प्रतिक्रिया जनाएको थिएन । तर गत हप्ता पेन्टागनले समाचार संस्था रोयटर्सलाई आफूहरूले कैयौँ अन्तर्वार्ता गरेको र सूचना दिने अनि बैठक गर्ने काम जारी राख्ने प्रतिक्रिया दिएको थियो ।

सल्लाहकारहरूसँगको भिडिओ साक्षात्कार पछि सार्वजनिक गरिएको एउटा भिडिओमा बाइडनले आफ्नो टोलीले रक्षा मन्त्रालय र बजेट व्यवस्थापन गर्न कार्यालयमा कठिनाइ भोगेको बताएका हुन् ।

राष्ट्रपतीय निर्वाचन लगत्तै ट्रम्प प्रशासनले रक्षा मन्त्री मार्क एस्परलाई पदबाट बर्खास्त गरिदिएको थियो । त्यस बेला रङ्गभेदबारे भइरहेका प्रदर्शन मत्थर पार्न सेना परिचालन गर्ने विषयमा उनले विमति जनाएका कारण ट्रम्पले उनलाई पदबाट हटाएका बताइएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर

  विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले

युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका