काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गर्न सरकारलाई आग्रह गरेको छ ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई छोरी बचाउ राष्ट्रिय जागरण अभियान संचालन गर्न आग्रह गरेका हुन् । उनले भने, ‘कोपिलामै खोसिएका हृदयविदारक घटनाप्रति दलको दर्फबाट दुःख व्यक्त गर्दछु। छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गरौँ म आह्वान गर्दछु।’
सांसद दुलालले प्रधानमन्त्री बालेन साहले भीभीआईपी प्रोटोकल ख्याल नगरेको भन्दै आपत्ति जनाए। हालै कास्की तथा मुस्ताङ भ्रमणमा गएका प्रधानमन्त्री विषयलाई इंगित गर्दै उनले यसबारे आपत्ति जनाएका हुन् ।
उनले भने,‘सरकारबिनाको राज्य प्रधानमन्त्रीबिनाको सरकार कल्पना गरिएको हुँदैन। प्रधानमन्त्री भएपछि सार्वजनिक व्यक्ति नै हुन्छ। प्रधानमन्त्री प्रोटोकोल ख्याल गर्नुपर्छ ।’

प्रतिक्रिया