कोभिडविरूद्ध प्रभावकारी हुनसक्ने नयाँ औषधिको बेलायतमा परीक्षण गरिँदै



बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने विश्वास गरिएको एउटा औषधि विकास गरिएको बताएका छन् ।

यद्यपि उक्त औषधि हाल परीक्षणको क्रममै रहेको बताइएको छ । बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोनाभाइरस सङ्क्रमितको सम्पर्कमा आइसकेका र खोप दिन ढिलो भइसकेका मानिसमा उपयोगी हुनसक्ने बताइएको छ । सङ्क्रमित विरामीलार्ई यो औषधि दिँदा कोभिडको गम्भीर बिमारी हुनबाट जोगाउन सकिने ठानिएको छ ।

अहिले यो औषधि अन्तिम चरणको परीक्षणमा रहेको बताइएको छ । यो चरणअन्तर्गत पहिलो १० व्यक्तिलाई बेलायतमा उक्त औषधिका मात्रा दिइएको छ । यो परीक्षणमा सहभागी गराइएका प्रमुख समूहहरूमा स्वास्थ्यकर्मी, विद्यार्थी, अस्पतालमा रहेका बिरामी तथा दीर्घकालीन उपचारसेवामा रहेका आश्रितहरू रहेका स्वास्थ्य विज्ञहरूले जनाएका छन् ।

प्रभावकारी पाइएमा सुईमार्फत् दिइने यो औषधिले खोप लगाउन नभ्याइएका वा नहुने जोखिम वर्गका मानिसलाई रक्षा गर्ने ठानिएको छ । साथै यसले महामारीलाई नियन्त्रण गर्न पनि सघाउने ठानिएको छ ।

बेलायतको यूनिभर्सिटी कलेज लन्डन हस्पिटल्स (यूसीएलएच) एनएचएस ट्रस्टमा भइरहेका परीक्षणमा दुई भिन्न प्रकारका एन्टिबडी तत्वहरूलाई सुईमार्फत् दिँदा कोभिडको सम्पर्कमा आएका मानिसहरूलाई बिरामी हुनबाट वा कम्तीमा सिकिस्त बिरामी हुनबाट जोगाउन सकिन्छ कि भनेर हेरिनेछ ।

कोरोनाभाइरसको सम्पर्कमा आएमा व्यक्तिलाई तत्काल खोप दिएर यसले काम गर्न केही साता लाग्ने तर यो औषधिले अपेक्षाकृत सफलता पाएमा उनीहरूका लागि यो वरदान बन्नेमा विज्ञहरूले आशा देखाएका छन् ।

एस्ट्राजेनेकाले विकास गरेको यो मनोक्लोनल एन्टिबडी उपचारले तत्काल त्यस्ता भाइरसलाई निस्तेज बनाउन थाल्छ । अनि यसले कम्तीमा एक वर्षसम्म उक्त व्यक्तिलाई सुरक्षा प्रदान गर्न सक्ने औषधि नार्माता कम्पनीका अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८