क्यानडामा ब्वाँसोको पोथी बच्चाको दुई हजार वर्ष पुरानो ममी फेला



उत्तरी क्यानडामा भेटिएको ब्वाँसोको छाउराको ममी अर्थात् परिरक्षित शरीर कम्तीमा ५६ हजार वर्ष पहिलाको भएको वैज्ञानिकहरूले बताएका छन् । यूकन क्षेत्रमा पर्ने डावसन नगरनजिकै दशौँ हजार वर्षदेखि जमिरहेको स्थानमा सुन उत्खनन गर्ने एक व्यक्तिले सन् २०१६ मा ब्वाँसोको पोथी बच्चाको उक्त ममी फेला पारेका थिए ।

त्यसपछि स्थानीय ट्रोन्डेक ह्वेचइन समुदायका मानिसहरूले त्यसको नाम ज्हुर राखे। स्थानीय भाषामा ज्हुरको अर्थ ब्वाँसो हुन्छ । वैज्ञानिकहरूका अनुसार यो जानकारीमा भएकामध्ये ब्वाँसोको पूर्ण रूपमा परिरक्षित शरीर हो । त्यसको छाला, रौँ र दाँत जस्ताको तस्तै छन् ।

विभिन्न विधिको प्रयोग गरी अध्ययन टोली ब्वाँसोको बच्चोको जीवन, त्यसको उमेर तथा मृत्यु निम्त्याएको सम्भावित खाना लगायतका पक्षबारे निक्र्यौल गर्न सफल भएको छ । करेन्ट बायोलोजी नामक जर्नलमा सोमवार प्रकाशित अध्ययनका नतिजा अनुसार ब्वाँसोको बच्चो र त्यसको आमाले माछासहितका “समुद्री वस्तु“ खाएका थिए ।

ब्वाँसोको डीएनबाट प्राप्त डेटाको तुलना गरेर तथा त्यसको दाँतमा रहेको इनामेलको विश्लेषण गरेर अध्ययन टोलीले ब्वाँसोको त्यो बच्चो ५६ हजारदेखि ५७ हजार वर्षअघिको बीचमा बाँचेको र मरेको जनाएको छ । यूकन वा त्यसको छिमेकी अलास्का क्षेत्रमा तुलनात्मक रूपमा प्राचीन ब्वाँसाका जीवाशेष भेटिने गरे पनि ठूला स्तनधारी जनावरहरूको ममी पाउनु विरल भएको अध्ययनको निष्कर्ष छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ