कोरोना संक्रमणबाट विश्वमा १७ लाख ५७ हजार भन्दा बढीको मृत्यु



विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएुसंगै संक्रमितको संख्या ८ करोड २ लाख ६ हजार ९१७ पुगेको छ ।

चीनको वुहानबाट सुरू भएको संक्रमण एक वर्षको अवधिमा विश्वभर १७ लाख ५७ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ३ सय भन्दाबढी संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ५७ हजार ८३९ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३९ हजार २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाख ७१ हजार २४० पुगेको हो । विश्वमा २ करोड १९ लाख ७८ हजार भन्दाबढी सक्रिय संक्रमित छन् भने १ लाख ५ हजार ७८५ जना गम्भीर बिरामी छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ९२ लाख १० हजार १६६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १२ लाख ५७ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ३८ हजार नाघेको छ । त्यसैगरी, भारतमा सक्रमितको संख्या १ करोड १ लाख ६९ हजार ८१८ पुगेको छ ।

संक्रमितमध्ये एक लाख ४७ हजार ३ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९७ लाख ३९ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७४ लाख ४८ हजार नाघेको छ भने १ लाख ९० हजार ५१५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६४ लाख ५९ हजार भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८