कोरोनाका कारण मालीको विपक्षी दलका अध्यक्षको मृत्यु



मालीको विपक्षी दल ‘युनियन फर रिपब्लिक एण्ड डेमोक्रेसी’का अध्यक्ष सौमैला सिसेको कोरोनाका कारण शुक्रबार निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचारका लागि फ्रान्सको पेरिस लगिएकोमा उपचारकै क्रममा पेरिसमै उनको निधन भएको हो ।

पार्टीका सञ्चार सचिव डेम्बा ट्राओरेले सामाजिक सञ्जालमा शुक्रबार लेखेका छन्, “हाम्रो पार्टीका अध्यक्ष सौमैला सिसेको आज बिहान निधन भएको छ, यसले हामीलाई मर्माहत बनाएको छ, उहाँको पेरिसमै निधन भएको हो ।” उनी माली सरकारको मन्त्री पनि थिए । उनलाई गत मार्चमा हतियारधारी व्यक्तिहरुले अपहरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोनाभाइरसको भारतीय प्रकार विश्वव्यापी चिन्ताको विषय भएको विश्व स्वास्थ्य सङ्गठनको भनाइ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई विश्वव्यापी चिन्ताको भेरिअन्टको रूपमा वर्गीकरण

भारतमा कोभिड संक्रमित घट्दै

भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ

चीनको जनसंख्या केहीवर्ष एक अर्ब ४० करोडभन्दा बढी हुने

चीनको राष्ट्रिय तथ्यांक ब्युरोले चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा

भारतमा गङ्गा नदी किनारमा दर्जनौँ शव फेला

उत्तर भारतमा गङ्गा नदीको किनारमा कम्तीमा ४० वटा शव फेला परेका अधिकारीहरूले बताएका