कोरोना संक्रमणबाट विश्वमा एकैदिन ११ हजार भन्दा बढीको मृत्यु



विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ७ करोड ९७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ७७ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ७ करोड ९७ लाख २९ हजार १२७ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ११ हजार ८२२ जना संक्रमितको मृत्यु भएको छ ।

यो संगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ लाख ४९ हजार ३४० पुगेको छ । संक्रमितमध्ये हासम्म ५ करोड ६१ लाख २६ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् । विश्वमा २ करोड १८ लाख ५२ हजार भन्दाबढी सक्रिय संक्रमित छन् भने १ लाख ६ हजार २५० जना गम्भीर बिरामी छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ९१ लाख ११ हजार ३२६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १२ लाख भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ३७ हजार नाघेको छ । त्यसैगरी, भारतमा सक्रमितको संख्या १ करोड १ लाख ४७ हजार ४६८ पुगेको छ । संक्रमितमध्ये एक लाख ४७ हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९७ लाख १७ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७४ लाख २४ हजार नाघेको छ भने १ लाख ९० हजार ३२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६४ लाख ४९ हजार भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत