युक्रेनी विमान खसालिएको घटनासँग सम्बन्धित कैयौँ मानिस पक्राउ



इरानमा दुर्घटनावश क्षेप्यास्त्र प्रहार गरी युक्रेनी यात्रुवाहक विमान खसालिएको घटनासँग जोडिएका कैयौँ मानिसलाई पक्राउ गरिएको इरानी न्यायालयले जनाएको छ।

इरानका राष्ट्रपति हसन रुहानीले गत साता युक्रेनी यात्रुवाहक विमान खसाल्ने कार्य अक्षम्य गल्ती भएको बताएका छन्। उनले एक विशेष अदालतको निगरानीमा त्यसको छानबिनको हुने बताए।

इरानी न्यायालयका प्रवक्ता गुलामहुसेन इस्माइलीले युक्रेनी यात्रुवाहक विमान खसालिएको घटनाको अनुसन्धान जारी रहेको बताए तर उनले त्यसबारे थप जानकारी दिएनन्।

युक्रेनियन इन्टरन्याश्नल एअरलाइन्सको पीएस ७५२ उडान गत बुधवार तेहरानबाट उडेलगत्तै खसालिएपछि त्यसमा सवार सबै एक सय छयहत्तर जनाको ज्यान गएको थियो। अधिकांश मृतकहरू इरानी र क्यनडाली नागरिक थिए।

सुरुमा इरानले त्यो विमान खसालिएको भन्ने विवरण अस्वीकार गरे पनि पछि प्रमाणहरू जुट्दै गएपछि त्यो विमानमा क्रुज मिसाइल प्रहार गरिएको तथ्य बाहिरियो।

मंगलवार त्यस विषयमा बोल्दै इरानका राष्ट्रपति हसन रुहानीले युक्रेनी यात्रुवाहक विमानलाई खसाल्ने कार्य अक्षम्य गल्ती भएको बताए। उनले त्यो घटनाबारे गहन छानबिन हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

टेलिभिजनमा प्रसारित सम्बोधनका क्रममा राष्ट्रपति रुहानीले त्यो घटना दुखद भएको बताए र त्यसका लागि एक व्यक्तिलाई मात्र दोष लगाउन नसकिनेमा जोड दिए।

त्यो विमान खसाल्न आफू जिम्मेवार रहेको इरानी खुलासापछि इरानमा सरकारी झूटको विरोधमा प्रदर्शनहरू चर्किएका छन्। राष्ट्रपति रुहानीले त्यो घटनापछि सैन्य फौजहरूले आफ्नो गल्ती स्वीकारेर राम्रो गरेको बताएका छन्।

तर उनले अमेरिकाले इरानी जेनरल कासिम सुलेमानीलाई मारेर ठूलो गल्ती गरेको बताए। उनले अमेरिकाले नै उत्तेजना फैलाएर नराम्रो परिस्थिति निम्त्याइदिएको आरोप लगाए। रुहानीले तेहरानमा विमान खसालिएको घटनासँग जोडिएका अन्य विषयलाई बेवास्ता गर्न नमिल्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा एर्दोगानलाई बाइडेनको बधाइ

अमेरिकी राष्ट्रपति जो बाइडेनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाइ

एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः निर्वाचित

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएका छन् । जारी राष्ट्रपतीय निर्वाचनमा

च्याटबोट प्रयोग गरिएकोमा आफूलाई ‘ठूलो पश्चात्ताप’

न्यूयोर्कमा एकजना वकिलले उनको फर्मले कानुनी अनुसन्धानका लागि च्याटजीपीटी प्रयोग गरेपछि अदालती सुनुवाइको

चीनमा निर्मित विमानद्वारा व्यावसायिक उडान सुरु

  चीनले नागरिक उड्डयनको इतिहासमा नयाँ अध्याय थपेको छ । सोह्र वर्षको कठोर