राजकुमार ह्यारीलाई महारानीको समर्थन



लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले आफ्ना नाति राजकुमार ह्यारीको शाही पदवी छाड्ने घोषणालाई साथ दिएकी छन् । ह्यारीले शाही परिवारको भूमिकाबाट अलग भएर आफ्नी पत्नी मेगनसँग स्वतन्त्र रुपमा क्यानडा र बेलायतमा रहने घोषणा गरेका थिए ।

त्यसबारेमा निर्णय गर्न बेलायती महारानीले सोमबार परिवारका सदस्यहरुसँग बैठक डाकेकी थिइन् । बेलायतकी महारानीले ह्यारी र उनकी पत्नी मेगनको इच्छामा समर्थन जनाउँदै उनीहरु शाही परिवारको पूर्णकालीन सदस्यको रुपमा भने रहिरहनु राम्रो हुने बताएकी छन् ।

उनले आगामी दिनमा यसबारेमा अन्तिम फैसला लिइने अपेक्षासमेत गरेकी छन् । गत बुधबारको एक अप्रत्यासित वक्तव्यमा राजकुमार ह्यारीले शाही परिवारबाट अलग भएर स्वतन्त्र रुपमा रहने बताएका थिए ।

उनको यो घोषणापछि शाही परिवारका वरिष्ठ सदस्यको बैठक सोमबार भएको हो । बैठकमा प्रिन्स अफ वेल्स अर्थात् ह्यारीका बाबु प्रिन्स चाल्र्स र ड्युक अफ क्याम्ब्रिज अर्थात ह्यारीका दाजु प्रिन्स विलियम पनि सामेल थिए । बैठक निकै सकारात्मक रहेको राजदरबारको वक्तव्यमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्याबोनले अमेरिकी सहयोग नपाउने

संयुक्त राज्य अमेरिकाले सैन्य शासित अफ्रिकी राष्ट्र ग्बोनलाई सहयोग नगर्ने घोषणा गरेको छ

निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती

भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती

क्यानडाका सभामुखद्वारा राजीनामा

दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसदमा आमन्त्रण गरेर

वैवाहिक समारोहमा आगलागी हुँदा इराकमा कम्तीमा एकसय जनाको मृत्यु

बीबीसी । इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु