क्रिस्मसको पूर्वसन्ध्यामा हङ्‌कङमा प्रहरी र प्रदर्शनकारीबीच झडप



हङ्‌कङमा प्रहरी र प्रजातन्त्रवादी प्रदर्शनकारीबीच क्रिस्मसको पूर्वसन्ध्यामा पुन: झडपहरू भएका छन्।

टाउकोमा स्यान्टा क्लजको जस्तो टोपी र मृगको जस्तो सिङ लगाएका मानिसहरूले विभिन्न बजार तथा एउटा पर्यटकीय क्षेत्रमा प्रदर्शन गरेका थिए।

केही प्रदर्शनकारीहरूले पेट्रोल बम प्रहार गरेका थिए। प्रहरीले आँखा पोल्ने पेपर स्प्रे, लट्ठी तथा अश्रुग्यास प्रयोग गरेको थियो। हङ्‍कङमा छ महिनादेखि सरकारको विरोधमा आन्दोलन भइरहेको छ।

गत जुन महिनामा सरकारले सुपुर्दगीसम्बन्धी एउटा विवादास्पद विधेयक ल्याएपछि विरोध सुरु भएको थियो। अहिले त्यसले प्रहरीको अत्याचार र प्रजातान्त्रिक सुधारको मागसहित आन्दोलनको रूप लिएको छ।

केही प्रदर्शनकारीले क्रिस्मसको बेला पनि विरोधप्रदर्शन गर्न आह्वान गरेका थिए। क्रिस्मसको पूर्वसन्ध्यामा चिम शा चई र मङ्‌ककका सडकमा हजारौँ मानिसहरू भेला भए।

केही प्रदर्शनकारीहरूले सडकबाट इँटा निकालेको र बाटो छेक्न थुप्रो बनाएको देखिन्थ्यो। प्रहरीका अनुसार प्रदर्शनकारीहरूले एउटा ब्याङ्कमा तोडफोडपछि आगो लगाइएका थिए।

साउथ चाइना मर्निङ पोस्टका अनुसार मध्यरातमा प्रदर्शनकारीहरूले हिंसात्मक गतिविधि केही समय रोकेर शुभकामना आदानप्रदान गरेका थिए। उनीहरूले सुरक्षाकर्मीहरूलाई पनि शुभकामना दिएका थिए। तर केही बेरमै उनीहरूबीच फेरि झडप भयो।

पच्चीस वर्षीय निगेल चाल नाम गरेका एक प्रदर्शनकारीले रोएटर्स समाचारसंस्थालाई भने, “धेरै हङ्‌कङवासीलाई यो क्रिस्मस भिन्न नहोला भन्ने लागेको थियो…तर यो वर्ष क्रिस्मसको पूर्वसन्ध्या त लडाइँ गर्ने समय भए जस्तो छ।”

“यो हाम्रा लागि हर्षपूर्ण पर्व र बिदाको बेला भए पनि केही [प्रदर्शनकारीहरू] जेलमा छन्… हामीले अरूलाई हाम्रो सङ्घर्ष अझै सकिएको छैन भनेर सम्झाउनुपर्छ,” आफ्नो नाम म्यारी बताउने अर्की प्रदर्शनकारीले रोएटर्सलाई भनिन्।

सरकारका एक प्रवक्ताले दङ्गाकारीहरूले सामाजिक व्यवस्था र क्रिस्मस पर्वको उमङ्ग बिथोलिदिएको आरोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ