भारतमा हिंसात्मक प्रदर्शन जारी, उत्तर प्रदेशमा कम्तीमा छ जनाको मृत्यु



भारतमा नागरिकतासम्बन्धी कानुनको विरोध चर्किँदा शुक्रवार कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उत्तर प्रदेशका प्रहरी प्रमुख ओपी सिंहले रोएटर्स समाचारसंस्थालाई जनाएअनुसार शुक्रवार भएका हिंसात्मक प्रदर्शनको क्रममा ३२ जना घाइते भएका छन्।

आलोचकहरूले मुस्लिमविरोधी भनेको विवादास्पद नागरिकता कानुनको विरोध सुरु भएयता भारतका विभिन्न स्थानमा चर्किएका हिंसात्मक प्रदर्शनको क्रममा १३ जनाको ज्यान गइसकेको छ। प्रदर्शनकारीहरू प्रहरीले बनाएको अवरोध नाघेर सडकमा आउने क्रम जारी छ।

स्थानीय सञ्चारमाध्यम तथा प्रहरीले एएफपी समाचारसंस्थालाई बताएअनुसार पछिल्ला हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेमध्ये पाँच जना उत्तर प्रदेशका विभिन्न स्थानमा गोली लागेका घाइतेहरू थिए।

तर उत्तर प्रदेश प्रहरी प्रमुख सिंहले शुक्रवार मृत्यु भएका प्रदर्शनकारीहरूलाई प्रहरीले चलाएको गोली नलागेको बताए।

शुक्रवार उत्तर प्रदेशका पाँच जिल्लामा हिंसा भड्किएका विवरण आएको थियो। राजधानी दिल्लीको जामा मस्जिदबाहिर पनि हजारौँ मानिसले प्रदर्शन गरेका थिए।

त्यहाँ तनाव भएपछि केही प्रदर्शनकारी घाइते भएका थिए। एउटा कार जलाइएको थियो र प्रहरीले भिडलाई तितरवितर पार्न पानीका फोहरा प्रयोग गरेको थियो।

अधिकारीहरूले दुई सातादेखि नागरिकता कानुनको विरोधमा भइरहेका प्रदर्शनहरूलाई दमन गर्ने प्रयत्न गरिरहेका छन्।

राजधानी दिल्ली तथा अन्य केही स्थानमा इन्टरनेट बन्द गरिएको छ। बिहीवार भएका हिंसात्मक प्रदर्शनका क्रममा तीन जनाको ज्यान गएको थियो भने हजारौँ प्रदर्शनकारीहरू पक्राउ परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नागोर्नो काराबाखमा इन्धन डिपो विष्फोट हुँदा २० जनाको मृत्यु

नागोर्नो काराबाखमा इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन् । स्थानीय

चीनका विदेशमन्त्री भन्छन् -एपेक बैठक सहयोग विस्तारमा केन्द्रित हुनुपर्छ

चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक सहयोग

कुक आइल्याण्डस् र निउलाई अमेरिकी मान्यता

  संयुक्त राज्य अमेरिकाले दक्षिण प्रशान्त महासागरमा अवस्थित साना टापु राज्य कुक आइल्याण्डस्

आर्थिक मामिलामा नियमित छलफल गर्ने चीन र युरोपेली संघबीच सहमति

चीन र युरोपेली सङघले बृहत् आर्थिक मुद्दाहरूमा नियमितरुपमा छलफल गर्न सहमति जनाएका छन्