फ्रान्समा आँधीमा परी कम्तीमा दुई जनाको मृत्यु, हजारौं घरमा विद्युत सेवा अवरुद्ध



फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रमा आएको आँधीका कारण दुई जनाको मृत्यु भएको छ । आँधीका कारण त्यस क्षेत्रका हजारौँ घर विद्युतविहीन भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

सवारीसाधनमा रहेका बेला ढलेको रुखले उनीहरुलाई च्यापेको जनाइएको छ । त्यसैगरी लोट एट गारोन क्षेत्रमा ७६ वर्षका अर्का एक वृद्धको मृत्युु भएको विवरण आएको छ ।

उद्धारकर्ताले उनको शव झण्डै २४ घण्टापछि पत्ता लगाएका थिए । शव घरदेखि एक किलोमिटर टाढा भेटिएको अधिकारीले जनाएका छन् । उनीहरुका अनुसार अरु पाँच जना घाइते भएका छन् ।

तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । शनिबार दिउँसोदेखि त्यस क्षेत्रका झण्डै ४० हजार घरमा विद्युतसेवा अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानका नयाँ राष्ट्रपतिद्वारा संसदसमक्ष सपथग्रहण

इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसद्समक्ष सपथग्रहण गरेका छन् । आर्थिक

सुरक्षा कारबाहीमा अफगानिस्तानमा एकैदिन २७४ तालिबान लडाकूको मृत्यु

सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिएका छन्

भारतमा थप ४३ हजारलाई कोरोना संक्रमण

भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले

बंगलादेशमा चट्याङ लागेर १७ जनाको मृत्यु

बङ्ग्लादेशमा चट्याङ लागेर एउटा विवाह भोजमा सहभागी कम्तीमा १७ जनाको मृत्यु भएको छ