भारतमा महिला पशुचिकित्सकको बलात्कारपछि हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग



भारतमा दक्षिणी शहर हैदराबादमा एकजना २७ वर्षीया महिला पशुचिकित्सकको बलात्कार र हत्या भएको ठानिएपछि त्यसले उब्जाएको आक्रोश झन् झन् चर्किरहेको छ।

शहरको एक प्रहरी चौकी सामु हजारौँ मानिसले प्रदर्शन गर्दै जवाफदेहीताको माग गरे। प्रहरीले तीन अधिकारीहरूलाई निलम्बन गरेको छ।

ती महिलाको परिवारका सदस्यले भेट्न आएका राजनीतिज्ञ एवं प्रहरी अधिकारीलाई फर्काइदिएका छन्। उनीहरूले छिटो कारबाहीको माग गरेका छन्। विभिन्न चर्चित घटनामा जनआक्रोश व्यापक देखिएपनि भारतमा महिलाविरुद्ध बलात्कार एवं अन्य हिंसा उच्च स्तरमा रहेको बताइन्छ।

बुधवार कामबाट फर्कने क्रममा हराएकी ती महिलाको जलेको शरीर भेटिएको थियो। प्रहरीले उनको हत्या अगाडि सामूहिक बलात्कार भएको बताएको छ।

घटनाको सन्दर्भमा चार पुरुषलाई पक्राउ गरिएको छ। तीमध्ये दुई पुरुषका आमाले ती दोषी पाइए सजाय दिलाउन आह्वान गरेका छन्।

“तिनलाई जस्तोसुकै सजाय दिए हुन्छ। मेरो पनि छोरी छ,” एकजना आमाले समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया (पीटिआइ)लाई बताइन्। शनिवार हैदराबाद नगरको बाहिरीक्षेत्रमा स्थित एक प्रहरी चौकीबाहिर हजारौँ मानिस भेला भए।

तिनले दोषीलाई मृत्युदण्डको माग गरे।

देशका अन्य भागमा पनि विरोध प्रदर्शन तथा पीडितको निम्ति प्रार्थना गरिएका छन्। भारतीय कानुनबमोजिम ती महिलाको नाम खुलाउन पाइँदैन।

ती महिलाको बसोबास रहेको शम्शावादमा समुदायले टोलमा प्रवेश गर्ने मूलगेट बन्द गरिदिएका छन्। उनीहरूले प्लेकार्ड बोकेका छन् जसमा लेखिएका छन् – “सञ्चारमाध्यम आउन पर्दैन, प्रहरी पर्दैन, बाहिरिया पर्दैन – कुनै सहानुभूति चाहिँदैन, केवल कारबाही र न्याय चाहिन्छ।”

चर्चित नेताहरूले पनि घटनाबारे आफ्ना प्रतिक्रिया दिइरहेका छन्। मुख्य विपक्षी दल कङ्ग्रेस पार्टीकी महासचिव प्रियंका गान्धी वाद्राले यस्ता घटनाबाट आम मनमस्तिष्क परिवर्तित हुनुपर्ने बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० बन्दुकधारीको मृत्यु

नाइजेरियाली सेनाले पछिल्लो दुई सातामा गरेको कारबाहीमा ४० जना बन्दुकधारी मारिएको एक सैनिक

फ्रान्समा भएको विरोध प्रदर्शनका कारण बेलायतका राजा चाल्र्सको फ्रान्स भ्रमण स्थगित

अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण फ्रान्सका राजा चाल्र्स तृतीयको

लेबनानलाई वित्तीय सुधारलाई तीव्रता दिन आईएमएफको आग्रह

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले वित्तीय सुधारको कार्यान्वयनलाई तीव्रता दिन लेबनानलाई निर्देशन दिएको

राहुल गान्धीको सांसद पद खारेज

भारतमा कंग्रेस नेता राहुल गान्धीको लोकसभाको सदस्यको पद खारेज गरिएको छ । लोकसभा