काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई हराउँदै विजयी सुरुवात गरेको छ । मलेसियाको बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा सोमबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हरायो ।
बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर भेटायो । नेपालका अर्जुन कुमालले नटआउट ३६, रोहित पौडेलले नटआउट १९ रन बनाए ।
बहराइनका इमरान जावेद अनवरले ३ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको बहराइनले ३६ ओभर २ बलमा सबै विकेट गुमाएर ८७ रन बनायो । आइतबारदेखि सुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौ २७ गते शनिबार हुनेछ ।

प्रतिक्रिया