सिकन्दरले चितवन राइनोजबाट एनपीएल खेल्ने


काठमाडौं । जिम्बाब्वेका स्टार अलराउन्डर सिकन्दर राजा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका छन् ।

चितवन राइनोजले शनिबार सामाजिक संजालमार्फत राजालाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइजी क्रिकेटको लामो अनुभव भएका राजा ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने खेलाडीका रूपमा चिनिन्छन्।

उनले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट उच्चस्तरीय क्रिकेट खेल्नुका साथै विश्वका विभिन्न टी–२० फ्रेन्चाइजी लिगमा समेत सहभागिता जनाइसकेका छन्।