काठमाडौं । फिफा विश्वकप फुटबलको समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सले स्वीडेनमाथि ५–१ गोल अन्तरले जित हासिल गरेको छ ।
नेदरल्यान्ड्सका लागि ब्रायन ब्रोबीले खेलको छैटौँ र १७औँ मिनेटमा गोल गरे । दोस्रो हाफको सुरुमै कोडी गाक्पोले अर्को गोल थपे भने ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ४–० बनाए ।
स्वीडेनका एन्थोनी एलांगाले एक गोल फर्काए पनि खेलको ८९औँ मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सको सहज जित सुनिश्चित गरे । नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया