दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित



 

काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट पारित पारित भएको छ ।

सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको ११९औँ बोर्ड बैठकले उक्त निर्णय पारित गरेको हो ।

कर्णाली प्रदेशमा आयोजना हुने  प्रतियोगिता आगामी चैतमा हुने तय भएको छ । बैठकले नेपाल ओलम्पिक कमिटीको चुनाव र साधारणसभा अवैध भएको ठहर गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने निर्णयसमेत गरेको छ ।

साथै ओलम्पिक कमिटीको चुनाव तथा साधारणसभामा सहभागी राष्ट्रिय खेल सङ्घले राखेपसमक्ष पेस गरेको स्पष्टीकरण उचित कारण र आधारविना पेस गरेका सङ्घका लागि थप आवश्यक प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पत्रकार र युवा सङ्घबीच भएको फुटबल प्रतियोगिता बराबरीमा

ललितपुर । केपी ओली कप अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिताको प्रचारप्रसारका लागि खेलकुद पत्रकार र

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आकर्षण ‘सिलाम साक्मा’

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अन्तरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलकुद महोत्सवका

बेलायतमा भूपेन्द्रलाई दोहोरो स्वर्ण

  काठमाडौँ । नेपालका भूपेन्द्र गुरुङले बेलायतमा भएको ‘आइएमएसी’ खुला प्रतियोगितामा दुई स्वर्ण

थन्डरबोल्ट नर्थ युनाइटेडलाई ब्ल्याक बुल्स एफसी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा । पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा सिक्किमको क्लब थन्डरबोल्ट नर्थ