नेपाल ताजकिस्तानसँग चार शून्यले पराजित



काठमाडौं । ताजकिस्तानमा भएको थ्री नेसन्स मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु टोलीसँग फराकिलो अन्तरले पराजित भएको छ ।

बुधबार राति ताजकिस्तानको दुसान्वी सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल ताजकिस्तानसँग ४–० को फराकिलो अन्तरले पराजित भएको हो ।

ताजिकिस्तानलाई जित दिलाउन अलिशेर ड्जहालिलोभ र शेर्भोनी माबात्शोएभले समान एक÷एक गोल गरे । खेलको १९ औं मिनेटमा शेर्भोनीले गोल गर्दै ताजिकिस्तानलाई शुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा अलिशेरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

४५ औं मिनेटमा शेर्भोनीले व्यक्तिगत दोस्रो गोल गर्दै ताजिकिस्तानलाई पहिलो हाफमा ३–० गोलको अग्रता दिलाएका थिए ।

५० औं मिनेटमा अलिशेरले गोल गर्दै ताजिकिस्तानलाई ४–० गोलको स्थितिमा ल्याएका थिए । अब नेपालले दोस्रो खेल मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य

  काठमाडौँ ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा कर्णाली

एनपीएलमा चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित

  काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन

एनपीएलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

काठमाडौँ । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै

‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा’

  काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशको सुर्खेतमा तय भएको