राष्ट्रिय खुला टेनिस प्रतियोगिता आगामी कात्तिक ५ देखि



काठमाडौँ  । वीर गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता हुने भएको छ ।

आगामी कात्तिक ५ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगिता संयोजक भाष्करमान सिंहले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा पुरुष/महिला सिंगल्स र डबल्स तथा भेट्रान पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स/डबल्स विधामा प्रतिस्पर्धा हुनेछन् ।

त्यसैगरी जुनियरतर्फ यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र खुला डबल्स विधामा प्रतिस्पर्धा हुनेछन् । उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ४२ लाख लाग्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूजाको उत्कृष्ट प्रदर्शनमा कुवेतविरुद्ध नेपालको जित

काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको

यू-१९ महिला टी-२० विश्वकप छनोटः नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले कुवेतलाई २१४

नेपालको खेलकुद क्षेत्रको लागि थप सहयोग गर्ने चिनियाँ चाहना

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले चीन सरकारले नेपालको

लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल

काठमाडौं । लुम्बिनी लायन्सले नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई आफ्नो टोलीको ब्राण्ड