काभा भलिबलमा नेपाल विजयी



काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी भएको छ ।

श्रीलङ्काको कोलम्बोमा मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालले माल्दिभ्सलाई पहिलो सेट २५–५, दोस्रो सेट २५–१२ तथा तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो ।

जितसँगै नेपालले तीन खेलमा ६ अङ्क जोडेको छ । यसअघि पहिलो खेलमा नेपाल श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

त्यस्तै दोस्रो खेलमा उज्वेकिस्तानसँग नेपाल ३–१ सेटमा पराजित भएको थियो । तीनै खेलमा पराजित माल्दिभ्स अङ्कविहिन छ । माल्दिभ्स यसअघि तुर्किमेनिस्तान र श्रीलङ्कासँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो ।

विभिन्न ६ टोली सहभागी उक्त प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ । अब नेपालले यही असोज २४ गते किर्गिस्तानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यूएईलाई ८ विकेटले हराउँदै नेपाल यु-१९ महिला टी–२० विश्वकपमा छनोट

काठमाडौं । यूएईलाई हराउँदै नेपाल आईसीसी यु १९ महिला टी–२० विश्वकप क्रिकेटमा छनोट

वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा विवाद समाधान गरिने

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा सम्बन्धी विवाद

पूजाको उत्कृष्ट प्रदर्शनमा कुवेतविरुद्ध नेपालको जित

काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको

यू-१९ महिला टी-२० विश्वकप छनोटः नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले कुवेतलाई २१४