टी–२० सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्दै



काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेल आज हुँदै छ । उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान साढे ११ बजेदेखि आमने सामने हुने छन् ।

नामिबिया पनि सहभागी सिरिजमा उपाधि भिडन्त भने नेपाल र नेदरल्याण्ड्सको बीचमा हुन लागेको हो । नेदरल्याण्ड्सले चार खेलमा दुईमा जित र एक नतिजा विहीन र एक खेलमा पराजयका साथ ५ अंक बनाउँदै शीर्ष स्थानमा रहँदै फाइनल खेल्दा नेपाल दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।

नेपालले सुरुका दुई खेलमा पराजय भोगे पनि पछिल्ला दुई खेलमा जित निकाल्दै फाइनलमा स्थान पक्का गर्न सफल भएको थियो । नेपालको चार अंक रहेको छ ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

आजको फाइनल पछि नेपाली टिम मार्च ९ बाट हङकङ र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक टी २० क्रिकेट खेल्न जाने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोस्रो ‘बुढासुब्बा कप’ को उपाधि भिजन स्पोर्ट्स क्लबलाई

लिस्बन (पोर्चुगल)। धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगलले आयोजना गरेको सर्वाधिक धनराशिको दोस्रो

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

मुस्ताङ ।  मुस्ताङको बारागुङ मुक्तिक्षेत्र-२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण थालनी गरिएको छ।

उपकप्तान पूजा महतो ‘वीरा एजुकेसन कन्सल्टेन्सी’को ब्रान्ड एम्बास्डर नियुक्त

काठमाडौं । वीरा एजुकेसन कन्सल्टेन्सीले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई

पृतनापति ट्रफीमा ८४ पदकसहित श्री नम्बर १८ बाहिनी अड्डा प्रथम

इटहरी । पूर्वीपृतना मुख्यालय, इटहरीमा आयोजित ‘पृतनापति ट्रफी, २०८२’ कूल ८४ पदकसहित श्री