ताप्लेजुङ प्रथम किरात गोल्डकपको सेमिफाइनलमा



 

पाँचथर । पाँचथरको फिदिममा जारी प्रथम किरात गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा हिमालयन शेर्पा क्लब काठमाडौँलाई ४–३ गोलअन्तरले पराजित गर्दै कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत आज भएको प्रतिस्पर्धात्मक खेलमा कठिन जीत निकाल्दै ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा सहभागी स्वदेशीमध्ये कोशी प्रदेश बाहिरको एक मात्रै टोली हिमालयन शेर्पा भने समूह चरणबाट बाहिरिन पुगेको छ ।

आजको खेलमा ताप्लेजुङका मञ्जित याङ्देनले खेलको तेस्रो मिनेटमै गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिएका थिए । २१औँ मिनेटमा विदेशी खेलाडी ओस्करले गोल गर्दै हिमालयन शेर्पालाई बराबरीमा ल्याए । ४०औँ मिनेटमा प्रविन जबेगुले गोल गरेपछि ताप्लेजुङ पहिलो हाफमा २–१ गोल अन्तरको अग्रता लिन सफल भयो ।

हिमालयन शेर्पाका लागि वसन्त ओझाले खेलको ५२औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई बराबरीमा ल्याउन सफल भए । तर ६२औँ मिनेटमा ताप्लेजुङका दीपेश लिम्बूले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।

६९औँ मिनेटमा डिबक्स नजिकैबाट भएको थ्रो प्रहारलाई बचाउन खोज्दा ताप्लेजुङका आशीष लिम्बूले गरेको हेड गोलमा परिणत भइदियो । ३–३ को बराबरीमा रहेको अवस्थामा ताप्लेजुङका लागि ७७औँ मिनेटमा पुनः प्रविन जबेगुले गोल गरे । जबेगूको अन्तिम गोल नै खेलको निर्णायक गोल बन्यो ।

खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङका गोलरक्षक आकाश लिम्बू घोषित भए । हिमालयन शेर्पा क्लबको प्रहारको उत्कृष्ट बचाउ गरेका गोलरक्षक लिम्बूले  पाँच हजार, प्रमाणपत्र र पदक प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत आज समूह चरणका खेल समाप्त भएका छन् । भोलि हुने पहिलो सेमिफाइनल खेलमा डाँगीहाट फुटबल क्लब (डीएफसी) मोरङ र आयोजक पाँचथर फुटवल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष अनुराग मगरले जानकारी दिए । बिहीबार बिर्तामोड युनाइटेड क्लब झापा र आजको खेलको विजेता कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङवीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले चार लाख चार हजार चार सय ४४ तथा उपविजेताले  दुई लाख दुई हजार दुई सय २२ रकमसहित ट्रफी हात पार्नेछ । नवस्थापित पाँचथर फुटबल क्लबले प्रतियोगिता आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय