अनरको पर्व लक्षित अभियानः ८ जनालाई थाइल्यान्ड भ्रमणको अवसर


काठमाडौं । अनर नेपालले दसैँ, तिहार र छठलाई लक्षित गर्दै ‘तीन चाडको बहार, अनरको साथमा उपहारै उपहार’ अभियान सञ्चालन गर्ने भएको छ ।

अक्टोबर ४ देखि नोभेम्बर १५, २०२६ सम्म सञ्चालन हुने अभियानमा योग्य अनर स्मार्टफोन तथा ट्याब्लेट खरिद गर्ने ग्राहकले विभिन्न पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

अभियानअन्तर्गत हरेक दिन १० जना विजेताले HONOR X7e Active Earbuds र तीन जना विजेताले HONOR Watch 2 Pro प्राप्त गर्नेछन् । त्यस्तै, आठ जना भाग्यशाली विजेताले थाइल्यान्ड भ्रमणको अवसर पाउने कम्पनीले जनाएको छ ।

अभियानमा सहभागी हुन ग्राहकले योग्य अनर स्मार्टफोन वा ट्याब्लेट खरिद गरी ३५००१ मा ‘HONOR [स्पेस] IMEI नम्बर वा SN नम्बर’  लेखेर एसएमएस पठाउनुपर्नेछ ।

कम्पनीका अनुसार अभियानमार्फत चाडपर्वको उत्साहसँगै ग्राहकलाई प्रविधि र आकर्षक पुरस्कारको अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ । अभियान अवधिभर विभिन्न चरणमा विजेता छनोट गरिने अनर नेपालले जनाएको छ।