ललितपुर र वीरगञ्जको खेल बराबरी



काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लबले ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोकेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार साँझ भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै एकएक अङ्क बाँडेका छन् । यस खेलसँगै ललितपुरले जारी प्रतियोगितामा ६ अङ्क जोडेको छ । पहिलो खेलमा एफसी बुटवल लुम्बिनीलाई २–० ले हराएको ललितपुरले दोस्रो र तेस्रो खेलमा क्रमशः पोखरा थन्डर्स र धनगढीसँग गोलरहित बराबरी खेलेको थियो ।

त्यसैगरी पहिलो खेलमा साविक उपविजेता धनगढी एफसीविरुद्ध २–१ गोलअन्तरले पराजित भएको वीरगञ्ज दोस्रो खेलमा पनि समान नतिजामा एफसी चितवनसँग पराजित भएको थियो । यस खेलसँगै वीरगञ्जले एक अङ्क जोेडेको छ ।

खेलमा पहिलो अग्रता भने वीरगञ्जले लियो । वीरगञ्जका लागि खेलको १०औँ मिनेटमा विलियम ओपोकुले गोल गरे । वीरगञ्जको त्यो एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।

खेलको १४औँ मिनेटमा नै ललितपुरका इमोन इकेजेले एक गोल फर्काउँदै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको २७ औँ मिनेटमा ललितपुरका निखिल सुरेशराओ कदमले गोल गर्दै खेलको पहिलो हाफसम्म २–१ गोलको अग्रता बनाए । तर खेलको दोस्रो हाफको सुरुआतमै वीरगञ्जले बराबरी गोल फर्कायो । वीरगञ्जका लागि दोस्रो गोल कृपाकान्त महतो थारुले खेलको ५२ औँ मिनेटमा गरे ।

त्यसपछि दुवै टोलीले गोल गर्न प्रयास गरे पनि असफल भयो र अन्तत खेल २–२ गोलको बराबरीमा टुङ्गियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय

एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले