भिटोर बार्सिलोनामा अनुबन्ध



ब्राजिलियन फरवार्ड भिटोर रोक बार्सिलोनामा अनुबन्ध भएका छन् । बार्सिलोनाले स्पेनिस क्लबले एथलेटिको पारानेन्सबाट रोकलाई अनुबन्ध गरेको हो । १८ वर्षीय रोकले बार्सिलोनासँग ७ वर्षको सम्झौता गरेका छन् । बार्सिलोनामा आवद्ध हुँदा आफू निकै खुसी भएको उनले बताएका छन् ।

उनले भनेका छन्, ’बार्सिलोनामा आवद्ध हुँदा निकै खुसी छु । मेरो सपना पूरा भएको छ ।’ बार्सिलोना र रोकबीचको सम्झौता भने सन् २०२४ बाट सुरु हुनेछ । बार्सिलोनाले रोकलाई भित्र्याउन ३० मिलियन युरो खर्चिएको छ ।

एथलेटिको पारानेन्सका लागि रोकले ६६ खेलमा २२ गोल गरेका छन् । रोकले गत मार्चमा ब्राजिलको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ